काठमाडौं- निर्वाचन आयोगले पर्साको वीरगञ्ज महानगरपालिकाका नेकपा एमालेका उम्मेदवार विजय सरागवीसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लंघन हुने क्रियाकलाप गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।
जनता समाजवादी पार्टी नेपालका वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ईश्वरचन्द्र यादवको उजुरीका आधारमा आयोगले सरावगीसँग स्पष्टीकरण सोधिएको जनाएको छ।
सरागवीले वैशाख २६ गते राति १२:३० बजे महानगरको वडा नम्बर-१६ स्थित एक मतदाताको घरमा प्रवेश गरी मत खरिद गर्न नगदको लेनदेन गरेको भन्दै उनीविरुद्ध आयोगमा उजुरी परेको थियो।
आयोगले मतदातालाई प्रभावित हुने गरी कुनै पनि किसिमको आर्थिक प्रलोभन देखाउने गतिविधि गर्नुभएको हो? तपाईंलाई के कति कारणले प्रहरी प्रसाशनले आफ्नो सुरक्षामा मतदाताको घरबाट बाहिर निकाल्नुपरेको हो? भनी सरावगलीलाई स्पष्टीकरण सोधेको छ।