मंगलबार, असार ९, २०८३

पृथ्वीसुब्बा गुरुङसँग आयोगले सोध्यो स्पष्टीकरण

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं- नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

National life

मौन अवधिमा आचारसंहिता उल्लंघन हुने क्रियाकलाप गरेकोभन्दै गुरुङसँग आयोगले २४ घण्टे स्पष्टीकरण मागेको हो। 

एमाले उम्मेदवारलाई मत दिएर जिताउन आफ्नो फेसबुक एकाउन्टबाट बुधबार बिहान ८:१० बजे भिडियो पोष्ट गरी आचारसंहिता विपरीत अपिल गरेको भन्दै आयोगले उनलाई स्पष्टीकरण सोधेको हो।

मौन अवधिमा एमालेका उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको कार्य निर्वाचन आचारसंहिताको उलंघन भएकाले आयोगको ठहर छ। सामाजिक सञ्जालमा पोष्ट भएको भिडियोबारे व्यापक आलोचना भएपछि गुरुङले बुधबार नै उक्त भिडियो हटाएका थिए। 

प्रकाशित: May 12, 2022| 08:47 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...