मंगलबार, असार ९, २०८३

गलकोट नगरपालिकाकी मेयर उम्मेदवार प्रहरी नियन्त्रणमा

प्रहरीले गलकोट नगरपालिकामा मेयरकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई नियन्त्रणमा लिएको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

बागलुङ- प्रहरीले गलकोट नगरपालिकामा मेयरकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई नियन्त्रणमा लिएको छ। 

National life

मतदातालाई पैसा बाँडेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गलकोटले चालिसेलाई नियन्त्रणमा लिएको जनाएको हो। उनलाई नियन्त्रणमा लिएर ६ घण्टापछि छाडिएको प्रहरीले जनाएको छ।

बुधबार राति करिब १० बजे तिर गलकोट नगरपालिका ९ वीरकोटमा आचारसंहिता विपरीत उम्मेदवारले पैसा बाँडेको सूचना पाएपछि प्रहरी पुगेको थियो। त्यस ठाउँमा नभेटिए पनि केही दूरीबाट गाडीसहित चालिसेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

गलकोटका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मीले  चालिसेलाई राति १० बजे नियन्त्रणमा लिएर बिहीबार बिहान ३ बजे छाडेको बताए। तर, उनको साथबाट रकम भने फेला नपरेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 12, 2022| 07:57 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...