शुक्रबार, साउन २९, २०८३

एमाले वडा अध्यक्ष उम्मेदवार प्रहरी नियन्त्रणमा

सुर्खेतको गुर्भाकोट नगरपालिका-११ का वडा अध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

सुर्खेत- सुर्खेतको गुर्भाकोट नगरपालिका-११ का वडा अध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार बनेका बिसीले मतदातालाई पैसा बाँडेको सूचनाका आधारमा बुधबार उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बुधबार राति वडाको एक वस्तीमा रहेका मतदाताको घरमा पुगेर उम्मेदवार बिसीले पैसा बाँडिरहेको भन्ने सूचनापछि प्रहरी टोली त्यहाँ पुगेको थियो। प्रहरीले खानतलासी गर्दा विसीको साथबाट १ लाख १ हजार रुपैयाँ झोलामा राखेको अवस्थामा फेला पारेको जनाएको छ।

नियन्त्रणमा लिएर गुर्भाकोटमै रहेको इलाका प्रहरी कार्यालयमा राखि उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 12, 2022| 07:52 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...