शुक्रबार, कात्तिक २८, २०८२

'शंकास्पद' अवस्थामा भेटिएकी मेयर उम्मेदवारकी श्रीमती आफन्तको जिम्मामा

मौन अवधिका बेला माया सुकुम्बासी बस्तीमा भेटिएपछि नेपाली कांग्रेसका कार्यकर्ताले मतदाता प्रभावित बनाउन आएको भन्दै न्दै नाराबाजी गरेका थिए। नाराबाजीका बेला माया वडा नं-११ मजुवाटोलस्थित सिर्जना भुसालको घरमा लुकेर बसेकी थिइन्। यसपछि जनपद र सशस्त्र प्रहरीको टोलीले उनलाई उद्धार गरेको थियो।
 |  बुधबार, वैशाख २८, २०७९

विनोद परियार

विनोद परियार

बुधबार, वैशाख २८, २०७९

National life
Laxmi sunrise bank
kumari

बुटवल- सुकुम्बासी बस्तीमा शंकास्पद अवस्थामा भेटिएकी नेकपा एमाले बुटवल मेयर उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराईलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ। एमाले उम्मेदवारकी श्रीमती माया मौन अवधिका बेला बुटवल–११ को सुकुम्बासी बस्तीमा फेला परेपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि प्रहरीले आफन्तलाई बुझाएको हो। 

मौन अवधिका बेला माया सुकुम्बासी बस्तीमा भेटिएपछि नेपाली कांग्रेसका कार्यकर्ताले मतदाता प्रभावित बनाउन आएको भन्दै न्दै नाराबाजी गरेका थिए। नाराबाजीका बेला माया वडा नं-११ मजुवाटोलस्थित सिर्जना भुसालको घरमा लुकेर बसेकी थिइन्। यसपछि जनपद र सशस्त्र प्रहरीको टोलीले उनलाई उद्धार गरेको थियो। 

एमाले र सत्ता गठबन्धनका प्रतिनिधिलाई राखेर भट्टराईलाई आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताए। उनका अनुसार तीनजना महिला मजुवा पुगेपछि कांग्रेस कार्यकर्ताले प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित: May 11, 2022| 19:16 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...