शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बुटवलमा मेयर उम्मेदवारकी श्रीमती प्रहरी नियन्त्रणमा, मतदातालाई पैसा बाँडेको आरोप

बुटवलमा मेयर उम्मेदवारकी श्रीमती प्रहरी नियन्त्रणमा, मतदातालाई पैसा बाँडेको आरोप

बुटवल उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार बाबुराम भट्टराईकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

बुटवल– मौन अवधिमा मतदाता प्रभावित पार्ने कार्यमा संलग्न भएको आरोपमा बुटवलमा मेयर पदका उम्मेदवारकी श्रीमतीलाई स्थानीयले नियन्त्रणमा लिएका छन्।

National life

बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराई सुकुम्बासी बस्तीमा मतदाता प्रभावित गर्न पुगेको भन्दै स्थानीयले नियन्त्रणमा लिएका हुन्। 

दिउँसो दुई बजेतिर बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मझुवा टोलको सुकुम्बासी बस्तीमा पैसा बाँड्न आएको सूचना थाहा पाएपछि स्थानीयले भट्टराईलाई कब्जा गरेका थिए। 

सुकुम्बासी बस्तीको सिर्जना भुसालको घरमा थुनेर राखेको अवस्थामा सशस्त्र र जनपथ प्रहरीले उद्धार गरी इलाका प्रहरी कार्यालय बुटवलमा लगिएको छ। 

मेयर पदको उम्मेदवारकी श्रीमती मौन अवधिमा सुकुम्बासी बस्तीमा शंकास्पद अवस्थामा भेटिएको प्रहरीले पनि पुष्टि गरेको छ।  मौन अवधिमा मत माग्न र मतदाता प्रभावित पार्न पाइँदैन। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले घटनाबारे विस्तृत विवरण नआएको बताए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 11, 2022| 16:02 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।