शनिबार, मंसिर ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

चुनाव नआउँदै चार म्यादी प्रहरीको मृत्यु, के हुन्छ जोखिम व्यवस्थापनको प्रक्रिया?

नेपाल प्रहरीका अनुसार व्यावसायिक आचरणविरुद्ध गतिविधिमा संलग्न भएको आरोपमा ४६ जना म्यादी प्रहरीमाथि कारबाही भइसकेको छ। केही भने जागिर छोडेर हिँडेका छन्।
 |  बुधबार, वैशाख २८, २०७९
nespernesper

भीमा पन्थी

भीमा पन्थी

बुधबार, वैशाख २८, २०७९

काठमाडौं– यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका चार जना म्यादी प्रहरीको मृत्यु भएको छ। प्रधान प्रहरी कार्यालयका अनुसार ३ जनाको मृत्यु भएको हो भने एक जनाले आत्महत्या गरेका हुन्। 

triton college

ड्युटीमा खटिएकामध्ये ललितपुर, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक–एक जना म्यादी प्रहरीको मृत्यु भएको हो। नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीका अनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–६ पिपलडाँडाका दुर्गासिंह बस्नेतको भीरबाट लडेर मृत्यु भएको छ। त्यसैगरी नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको दुर्घटनामा मृत्यु भएको छ।

यसैगरी हुम्लामा डेरा गरी बस्दै आएका सर्केगाड गाउँपालिका–६ का जसबहादुर रोका सुतेकै अवस्थामा मृत भेटिएका थिए। उता, सिन्धुपाल्चोककी म्यादी अनिता भट्टराईले ललितपुरमा विष सेवन गरी आत्महत्या गरेकी थिइन्।

म्यादी प्रहरीलाई उनीहरुको जोखिम व्यवस्थापनको व्यवस्था गरिएको हुन्छ। बिरामी भएमा बिरामी खर्च दिने र मृत्यु भएमा परिवारलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था छ। गृह मन्त्रालयका प्रवक्ता वसन्त भट्टराईका अनुसार बिरामी भएमा उपचारकै क्रममा खर्च सरकाले दिन्छ। म्यादी प्रहरीको मृत्यु भएको खण्डमा सम्बन्धित प्रहरी इकाइले प्रहरी प्रधान कार्यालयमा जानकारी गराउँछ। प्रधान कार्यालयले प्रक्रिया पूरा गरी क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा पठाएपछि गृहले अर्थ मन्त्रालयबाट रकम पास गराउँछ। त्यसपछि केही दिनमा नै मृतकको परिवारले रकम पाउँछन्। 

आगामी चुनावको लागि भर्ना भएर मृत्यु भएका म्यादी प्रहरीलाई सरकारले सोहीबराबरको रकम उपलब्ध गराउने निर्णय गरेको छ। प्रवक्ता केसीले भने, ‘सार्वजनिक जानकारीमा आएको छ तर, प्रहरी प्रधान कार्यालयबाट प्रक्रियागत रुपमा लिखित आएको छैन। त्यहाँबाट आउनासाथ हामीले अर्थ मन्त्रालयबाट तत्कालै अर्थात् केही दिनमा नै रकम उपलब्ध गराउँछौं।’ आत्महत्या गरेकाको हकमा भने राहत उपलब्ध नहुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।  

Metro Mart
vianet

यसपटकको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्ना गरेको छ। गृह मन्त्रालयले १ लाख १८ हजार म्यादी प्रहरीको स्वीकृति मागे पनि अर्थ मन्त्रालयले १ भने लाखको लागि मात्रै बजेट स्वीकृत गरिदिएको थियो।

म्यादी प्रहरीलाई उनीहरुको जोखिम व्यवस्थापनको व्यवस्था गरिएको हुन्छ। बिरामी भएमा बिरामी खर्च दिने र मृत्यु भएमा परिवारलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था छ। 

म्यादी प्रहरीले दैनिक न्यूनतम ७ सय ५० रुपैयाँ भत्ता पाउँछन्, जसमा खानालगायतको खर्च आफैंले व्यवस्थापन गर्नुपर्ने हुन्छ। ४० दिन काम गरेपछि उनीहरुले ३० हजार २ सय ८० रुपैयाँ पाउँछन्। रासन बापत उनीहरुलाई ७ हजार उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ। उनीहरुले ६ हजार बराबरको लत्ताकपडा र १ हजार गाडी भाडा पाउँछन्। साथै दुई जोर जुत्ता, मोजा, झुल र स्लिपिङ ब्याग पनि पाउँछन्। रासन र कपडासहित एकजना म्यादी प्रहरीका लागी राज्य कोषको ४४ हजार ४ सय ८० रुपैयाँ खर्च हुन्छ। १ लाख म्यादी प्रहरीका लागि करिब साढे ४ अर्ब खर्च छुट्याइएको छ। यसमध्ये एक साताको तालिम चलाउन १ करोड ५४ लाख खर्च भएको र बाँकी तलब तथा परिचालनमा खर्च हुने बताइएको छ।

नेपाल प्रहरीका अनुसार व्यावसायिक आचरणविरुद्ध गतिविधिमा संलग्न भएको आरोपमा ४६ जना म्यादी प्रहरीमाथि कारबाही भइसकेको छ। केही भने जागिर छोडेर हिँडेका छन्।

म्यादी प्रहरीका कतिपय गतिविधिले उनीहरूलाई कारबाहीको भागिदारमात्रै बनाएको छैन, सामाजिक सञ्जालमा आलोचना र बहसको विषय समेत बनाएको छ। नेपाल प्रहरीका अनुसार केही म्यादी प्रहरीमाथि फौजदारी अभियोगमा संलग्न भएको आरोपमा समेत अनुसन्धान चलिरहेको छ। अधिकांश कारबाहीमा परेका म्यादी प्रहरीहरू युवा उमेरका छन्।

नेपाल प्रहरीको जस्तै पोसाक लगाएर निर्वाचन सुरक्षामा खटिने अस्थायी प्रहरीका कतिपय गतिविधि सामाजिक सञ्जालमा भाइरल छन्। म्यादी प्रहरीको पोसाक अन्य व्यक्तिले लगाएर टिकटक बनाएका भिडियो बाहिरिएपछि प्रहरीले संलग्नमाथि कारबाही गरिएको जनाएको छ।

नेपाल प्रहरीका अनुसार कतिपय स्थानमा म्यादी प्रहरीले मादक पदार्थ सेवन गरेर प्रहरी कर्मचारीहरूसँग झगडा गरेका घटनाहरू पनि आएका छन्। प्रहरी प्रवक्ता केसीका अनुसार मादक पदार्थ सेवन गर्ने, तालिमकै दौरानमा वा काममा पनि लापरबाही गरेर प्रहरी संगठन र बर्दीकै बदनाम गर्ने प्रकृतिका काम गरेको अवस्थामा उनीहरूको नियुक्ति खारेज हुन्छ।

नेपाल प्रहरीका अनुसार व्यावसायिक आचरणविरुद्ध गतिविधिमा संलग्न भएको आरोपमा ४६ जना म्यादी प्रहरीमाथि कारबाही भइसकेको छ। केही भने जागिर छोडेर हिँडेका छन्।

निर्वाचन आचारसंहिता अनुसार सरकारी सेवामा कार्यरत कुनै पनि व्यक्तिले कुनै दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था छ। प्रहरी प्रवक्ता केसीले म्यादी प्रहरीले पनि नेपाल प्रहरीमा आबद्ध व्यक्तिहरू सरह व्यावसायिक आचरण पालना गर्नुपर्ने नियम रहेको बताए। ‘म्यादी प्रहरी भनेको ४० दिनसम्म एउटा प्रहरी कर्मचारीले पालना गर्नुपर्ने सबै आचरण विधि, विधान र आचरण पालना गर्ने गरी राज्यले नियुक्ति गरेको हो। त्यस कारणले उहाँहरूले उक्त अवधिभर प्रहरीकै अनुशासन, आचरण र कानुनी कर्तव्य पालना गर्नुपर्छ,’ उनले भने।

म्यादी प्रहरीलाई निर्वाचनको सुरक्षामा प्रहरीको सहयोगीको रूपमा खटाइने व्यवस्था मिलाइएको छ। उनीहरूलाई तलब दिन सुरु गरेपछि प्रहरी कार्यालयहरूले अन्य प्रहरी कर्मचारीसँगै ड्युटीमा खटाउने गरेका छन्। म्यादी प्रहरीलाई भीड व्यवस्थापन, नियमित सुरक्षा व्यवस्थापन र प्रहरी चेकजाँच लगायतका नियमित काममा खटाउने गरिएको छ।

प्रकाशित: May 11, 2022| 13:06 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...