शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपति पौडेलद्वारा शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

राष्ट्रपति पौडेलद्वारा शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

 |  बिहीबार, कात्तिक ६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन्।

पौडेलले आज राष्ट्रपति भवन शितलनिवासमा ११ः३९ बजेको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण गरेको थियो।

भाइटीकाको उत्तम साइत तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ। यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ।

 

प्रकाशित: Oct 23, 2025| 14:07 बिहीबार, कात्तिक ६, २०८२
प्रतिक्रिया दिनुहोस्