आइतबार, वैशाख २८, २०८२

लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा तीन स्रष्टा सम्मानित

श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन मूर्धन्य स्रष्टालाई एक भव्य समारोहका बीच सम्मान गरेको छ।
 |  बुधबार, वैशाख २८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

vianetvianet

काठमाडौं– श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन मूर्धन्य स्रष्टालाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। साहित्यकला मन्दिर स्थापनाको २८ औं वर्ष प्रवेशको अवसरमा मंगलबार काठमाडांैको अग्रवाल सेवा केन्द्र भवनमा आयोजित समारोहका बीच तीन मूर्धन्य स्रष्टालाई सम्मान गरिएको हो । 

triton college

साहित्यकला मन्दिरले स्थापना गरेको ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान’ स्रष्टा प्रा.डा. त्रिरत्न मानन्धर, ‘सरस्वती सम्मान’ तेजेश्वर बाबु ग्वंगः र ‘नारायणगोपाल संगीत सम्मान’ न्हूछेबहादुर डंगोललाई प्रदान गरेको हो। सम्मानित तीनै स्रष्टा जेष्ठ नागरिक हुन्। 

समारोहमा प्रा.डा. उषा ठाकुर र साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरीले संयुक्त रुपमा तीन स्रष्टाहरुलाई नगद जनही १ लाख ५१ हजार, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए। साहित्यकला मन्दिरले स्थापनाको वर्षदेखि नै विभिन्न विधाका स्रष्टाहरुलाई सम्मान गर्दै आएको छ। हालसम्म साहित्यकला मन्दिरबाट करिब १० दर्जन स्रष्टाहरुले सम्मान पाइसकेका छन्। 

स्रष्टा सम्मान समारोहमा सम्मानित भएका स्रष्टा प्रा.डा. त्रिरत्न मानन्धरले साहित्यकला मन्दिरले लामो समयदेखि सह्रानीय काम गरिरहेको र यही कामका कारण साहित्य कलाको क्षेत्रमा यसले विशिष्ट स्थान बनाइसकेको बताए। साहित्यकला मन्दिरका अध्यक्ष तथा चर्चित कवि तथा गीतकार बसन्त चौधरीले ‘स्रष्टा सम्मान’को २८ औं वर्षको उत्सव मनाउन पाउँदा आफूलाई खुशी लागेको बताए।

उनले सिर्जनामार्फत समाजका हरेक क्षेत्र प्रतिबिम्बित हुने उल्लेख गर्दै सिर्जना समाजलाई नजिकबाट नियाल्ने ऐना रहेको बताए। समारोहमा डा. अस्मिता अर्यालद्वारा रचित पुस्तक ‘मैले बुझेको दुनियाँ’को लोकार्पण समेत गरिएको थियो ।

National life insurance








प्रकाशित: May 11, 2022| 10:33 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।