शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • दोस्रो विश्वयुद्धमा प्रयोग भएको जहाज दुर्घटना: २० को मृत्यु

दोस्रो विश्वयुद्धमा प्रयोग भएको जहाज दुर्घटना: २० को मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
जेनेभा- दोस्रो विश्वयुद्धमा प्रयोग भएको एक जहाज दुर्घटनामा २० जनाको मृत्यु भएको छ। स्विजरल्यान्डको एक पहाडी इलाकामा जेयू–५२ एचबी–एचओटी जहाज दुर्घटनामा परेको हो। 

जहाजमा १७ यात्री र तीन चालक दलका सदस्य थिए। उक्त जहाज दुर्घटनालगत्तै त्यस क्षेत्रका सबै उडान रद्द गरिएको थियो। दुर्घटनाको कारण खुलेको छैन। 

‘दुर्घटनास्थलको स्थितिको आधारमा जहाज तीव्र गतिमा जमिनमा बजारिएको अनुमान मात्र गर्न सक्छौं,’ स्विस ट्रान्सपोर्टेसन सेफ्टी इन्भेस्टिगेसन बोर्डका डेनियल कनेकले भने। 

दुर्घटनामा मृत्यु हुनेहरू ४२ देखि ८४ वर्ष उमेर समूहका यात्री छन्। उक्त जहाज टिसिनो र जुरिचबीचको डुबेनडर्फ सैन्य एयरफिल्डनजिक दुर्घटनामा परेको हो। उक्त जहाज जर्मनीमा निर्मित भिन्टेज जहाज हो। र, पर्यटकीय स्थलहरूमा पर्यटकलाई घुमाउनका लागि मात्र प्रयोग हुँदै आएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।