काठमाडौं– स्थानीय तह निर्वाचन २०७९ मा विभिन्न राजनीतिक दलका ३ सय ५५ जना पदाधिकारी निर्विरोध विजयी भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ।
६ जना वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन्। यस निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मतदान गर्ने आयोगले जनाएको छ। देशभरका ७५३ वटा स्थानीय तहमा ३५ हजार २ सय २१ जनप्रतिनिधि चयन गर्न यही शुक्रबार मतदान हुँदैछ।