मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आयोगले सोध्यो ५८ व्यक्ति तथा निकायलाई स्पष्टीकरण, अधिकांशले दिएनन् चित्तबुझ्दो जवाफ

आयोगले सोध्यो ५८ व्यक्ति तथा निकायलाई स्पष्टीकरण, अधिकांशले दिएनन् चित्तबुझ्दो जवाफ

निर्वाचन आयोगले ५८ जना विभिन्न व्यक्ति तथा राजनीतिक दलहरुलाई स्पष्टीकरण सोधेको छ। दलहरुमा सबैभन्दा धेरै नेपाली कांग्रेसलाई नौ वटा उजुरी परेको छ।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

काठमाडौं– निर्वाचन आयोगले ५८ जना विभिन्न व्यक्ति तथा राजनीतिक दलहरुलाई स्पष्टीकरण सोधेको छ। दलहरुमा सबैभन्दा धेरै नेपाली कांग्रेसलाई ९ वटा उजुरी परेको छ। 

National life

भड्किलो प्रचारप्रसारदेखि सरकारी स्रोतको दुरुपयोग र भारतीय सवारीसाधनको प्रयोग गरेको उजुरी परेको हो। सामाजिक सञ्जाल, चुनावी प्रचार प्रसारमा बालबालिकाको प्रयोग, धनगढी उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार नृपबहादुर वडले भड्किलो प्रचार गरेको, झण्डा टाँगेको, नेत्रावती डबजोङ गाउँपालिकाका उपाध्यक्ष पदका उम्मेदवार सीता गुरुङले भारतीय नम्बर प्लेटको गाडीे प्रयोग गरेको, गण्डकी प्रदेशका मुख्यमन्त्रीले सरकारी गाडी र स्रोत साधनको प्रयोग गरी चुनावी प्रचारप्रसार गरेको भन्दै आयोगले स्पष्टीकरण मागेको छ।

यस्तै, नेपाली कांग्रेसका नेता शंशाक कोइरालाले निर्वाचनमा गरेको खर्च ढाँटेको भन्दै स्पष्टीकरण मागेको थियो। जवाफमा कोइरालाले पत्रपत्रिकाले आफ्नो कुरा बंग्याएको बताएका थिए।

त्यसैगरी नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखी प्रचार सामग्री बनाई प्रचारप्रसार गर्नेदेखि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले घर निर्माणका लागि बजेट विनियोजन र राहत दिएको  विषयमा आयोगमा उजुरी परेको थियो। यस्तै, एमालेका उम्मेदवार विजय सरावगीले जग्गा दान गर्नेदेखि पत्रिकामा प्रचारप्रसार र विरोध खतिवडाले प्रचार प्रसारमा सहभागि भएर आचारसंहिता मिचेको उजुरी परेका थिए। आयोगले एमालेलाई चार वटा उजुरीमा स्पष्टीकरण सोधेको थियो। 

बालबालिकालाई राजनीतिक दलका चिन्ह र झण्डा अकिंत सामग्रीसहित उम्मेदवारको जुलुस, प्रचार प्रसार कार्यमा संलग्न गराएको उजुरीमा नेपाल कम्युनिष्ट पार्टी एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टीलाई जवाफ मागेको छ। बालबालिका सम्बन्धी अधिकांश उजुरी राष्ट्रिय बाल कल्याण परिषद्ले गरेको छ। आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिनमा नेपाली कांग्रेस अगाडि देखिएको छ।

Shivam cement

अधिकांश पार्टीले चित्तबुझ्दो स्पष्टीकरण नदिएको आयोगको भनाइ छ। नेता, उम्मेदवार र पार्टी बाहेक सरकारी निकाय र निजी संघसंस्थालाई समेत आयोगले आचारसंहिता विपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण सोधिएकामा नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय भूमि आयोग, नेपाल वायुसेवा निगम, ओरेक नेपाल, नेसनल कलेज, ग्रामीण विकास लघुवित्त संस्था लिमिटेड, गोरखापत्र दैनिक, सेतोपाटी, नारायण नगरपालिका, चौदण्डीगढी नगरपालिका, चन्द्रागिरी नगरपालिका वडा नं ८ लगायत छन्।

राष्ट्रिय महिला आयोगकी सदस्य विद्याकुमारी सिन्हा पार्टी कार्यक्रममा उपस्थित भएकोमा आयोगले मागेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआएको आयोगले बताएको छ। 

यस्तै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको विदेश भ्रमणमा समेत आयोगले स्पष्टीकरण मागेको छ। सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई राजनीतिक दलको प्रचार प्रचारमा स्पष्टीकरण सोधिएको छ। हेटौँडा उपमहानगरका प्रमुख हरिबहादुर महतले राजनीतिक कार्यक्रममा सहभागी भएकोमा उजुरी परेको थियो। 

त्यसैगरी तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे पनि चुनावी प्रचार प्रसारमा सहभागि भएपछि आयोगले स्पष्टीकरण सोधेको थियो। काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितलाई दुई पटक स्पष्टीकरण सोधिएको छ। 

जिल्ला न्यायाधीश चित्रबहादुर गुरुङले चुनावमा भोट मागेकोमा पनि आयोगले स्पष्टीकरण मागेको थियो। यसका लागि आयोगले गोप्य ध्यानाकर्षण गराएको थियो।  निर्वाचन पर्यवेक्षण समिति नेपालका प्रदीप पोखरेलले पनि निर्वाचन आचारसंहिता विपरित बोलेकोमा आयोगले स्पष्टीकरण सोधेको थियो। 

(यो सामग्री पुनः सम्पादन गरिएको हो। -सम्पादक)

प्रकाशित: May 10, 2022| 17:18 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...