सोमबार, वैशाख २४, २०८१

व्यासमा कांग्रेसको किल्ला भत्काउला एमाले–स्वतन्त्र गठबन्धनले?

व्यासमा कांग्रेस एक्लै चुनावी मैदानमा होमिएको छ। कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार वैकुण्ठ न्यौपाने र उपमेयरमा इन्दिरा दरै छन्। एमालेसँग तालमेल गरेका दीपकराज जोशीको चुनाव चिन्ह कैंची छ।
 |  मंगलबार, वैशाख २७, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, वैशाख २७, २०७९

काठमाडौं– देशमा यतिबेला स्थानीय निर्वाचनले माहोल गर्माएको छ। यही शुक्रबार मतदान हुँदैछर्।  राजनीतिक दल, स्वतन्त्र उम्मेदवार, नेता–कार्यकर्ता प्रचारमा होमिएका छन्। 

triton college

मंगलबार रातिदेखि मौन अवधि सुरु हुने भएकाले दलहरुलाई प्रचारका लागि भ्याइनभ्याइ छ। देशभरका ७५३ वटै स्थानीय तहमा लागेको छ चुनाव। भलै चर्चा भने केही पालिकाको मात्रै छ।  चर्चामा रहेको एउटा पालिका हो तनहुँको व्यास नगरपालिका। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला भएकाले पनि व्यासमा चासो बढेको हो। त्यसमाथि व्यासमा नेपाली कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा दीपकराज जोशी स्वतन्त्र उम्मेदवार बनेर मैदानमा उत्रिएका छन्। अझ चाखलाग्दो कुरा त जोशीसँग नेकपा एमालेले तालमेल गरेको छ। 

सत्ता गठबन्धन दलहरुबीच भने तालमेल छैन व्यासमा। त्यहाँ कांग्रेस एक्लै चुनावी मैदानमा होमिएको छ। कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार वैकुण्ठ न्यौपाने र उपमेयरमा इन्दिरा दरै छन्। एमालेसँग  तालमेल गरेका जोशीको चुनाव चिन्ह कैंची छ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेसले गोविन्दराज जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको थियो। तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको द्वन्द्व छ। व्यासको चुनावी परिणाम शीर्ष नेताहरुसँगको प्रतिष्ठासँग जोडिएकाले पनि यसलाई निकै चासोका साथ हेरिएको छ। 

०७४ सालको स्थानीय निर्वाचनमा व्यास नगरपालिकाको मेयर कांग्रेसले जितेको थियो। ५ वर्ष कार्यकाल सम्हालेका न्यौपाने पुनः उम्मेदवार बनेका छन्। त्यतिखेर न्यौपानेले १३ हजार ५६ मत प्राप्त गरी ट नेकपा एमालेका शंकरनारायण श्रेष्ठमाथि जित हासिल गरेका थिए। श्रेष्ठले ९ हजार ५ सय ९१ मतमा चित्त बुझाएका थिए। अघिल्लो निर्वाचनमा फराकिलो मतान्तरले जितेका न्यौपानेलाई अहिले भने सहज छैन। कांग्रेसले गोविन्दराज जोशीमाथि गरेको व्यवहारका कारण तनहुँमा कांग्रेस कार्यकर्ताबीच अझै असन्तुष्टि रहेको बताइन्छ। सोही तुष मेट्न गोविन्दराजका छोराले स्वतन्त्र उम्मेदवारी दिएको स्थानीय कार्यकर्ता बताउँछन्।

corrent noodles
Metro Mart

२०४८ साल यता व्यासमा कांग्रेसले नै एकछत्र रुपमा राज गरिरहेको छ। २०७४ को निर्वाचनलाई हेर्ने हो भने नेपाली कांग्रेस नगरपालिकाकै बलियो दल बनेको थियो। २०७४ मा व्यासको मेयर र उपमेयर कांग्रेसले जितेको थियो। व्यासका १४ मध्ये एउटा वडामा मात्रै एमालेले अध्यक्ष जितेको थियो। व्यासमा नेपाली कांग्रेसका वैकुण्ठ न्यौपानेले १३ हजार ५६ मत ल्याउँदा एमालेका शंकरनारायण श्रेष्ठले ९ हजार ५९२ मत प्राप्त गरेका थिए।

कांग्रेसले यसपटक एमाले विभाजन भएकाले आफ्नो मतलाई कुनै असर नगर्ने जनाएको छ। गत निर्वाचनमा कांग्रेसले जितेका अधिकांश पालिकामा मतान्तर बढी रहेकाले यसपटक पनि जित्नेमा ढुक्क छ। कांग्रेसका उम्मेदवार न्यौपानेलाई संगठनको भर छ। यसपटक एमाले विभाजन भएको मौकामा कांग्रेसले प्रभाव बढाउने प्रयास गरिरहेको छ। 

व्यासमा कांग्रेस एक्लै चुनावी मैदानमा होमिएको छ। कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार वैकुण्ठ न्यौपाने र उपमेयरमा इन्दिरा दरै छन्। एमालेसँग  तालमेल गरेका दीपकराज जोशीको चुनाव चिन्ह कैंची छ।

‘एमाले आफै फुटेको छ त्यसै पनि एमालेको अवस्था कमजोर छ,' कांग्रेसका उम्मेदवार न्यौपाने भन्छन्, ‘पार्टीको आग्रहमा मैले उम्मेदवारी दिएको हुँ, आम नागरिकको चाहना, मूल्याकन नगरेको भए पार्टीले छनोट गर्ने थिएन। व्यासमा सुरु भएका धेरै अधुरा कामहरु पूरा गर्नका लागि मैले उम्मेदवारी दिएको हुँ। एक दुइ वर्ष बुझ्नकै लागि लाग्यो, केही समय विपत्तिका कारणले समस्या भयो। हामी नगरपालिकाको अधुरा काम पूरा गर्नका लागि पुन: कांग्रेसले जित्नुपर्छ र जित्छ पनि। प्रतिवद्धता गरेअनुसारका केही काम पूरा भएका छैनन् र प्रतिवद्धता  नगरेका केही राम्रा कुरा भएका छन्। पूरा नभएका कुरालाई अबको कार्यकालमा पूरा गर्नेछु।'

उता जोशी–एमाले गठबन्धन पनि जित हासिल गर्ने दाउमा देखिन्छ। एमालेले कांग्रेसकै असन्तुष्ट पक्षलाई हेरेर चुनावी रणनीति बनाएको छ। विभाजित एमाले र असन्तुष्ट कांग्रेसको मत लिएर दीपक जोशीलाई विजयी बनाएर गोविन्दराज जोशी आफ्नो गुमेको राजनीतिक शक्ति आर्जन गर्ने पक्षमा जुटेका छन्। त्यस्तै एमाले– जोशी समूहले निवर्तमान मेयरले विगतको ५ वर्षमा गर्न नसकेका कामका विषयलाई मुद्दा बनाएर घरदैलोमा जुटिरहेका छन्। 

एमाले–जोशी समूहका मेयर उम्मेदवार दीपकराज जोशी भन्छन्, ‘व्यासमा ०४८ सालदेखि कांग्रेसले जित्दै आएको छ, तर जनताले स्थानीय सरकारको अनुभूति गर्न पाएका छैनन्। जनता आजित छन्। व्यासका समस्याहरु कहिल्यै सुल्झिएका छैनन्, जनता पिल्सिएका छन्। पुराना बेतिथीलाई हटाउनका लागि पनि यहाँको नेतृत्व परिवर्तन हुन जरुरी छ।’

जोशी आफ्ना एजेण्डा, विगतमा मेयरले गरेका कामप्रतिको जनताको असन्तुष्टि, बुबा गोविन्दराज जोशीको राजनीतिक इतिहास पनि आफ्नो जितको आधार भएको बताउँछन्। एमाले विभाजनपछि तनहुँका प्रभावशाली नेता तथा सांसद किसान श्रेष्ठसहित केही नेताहरु नेकपा एकीकृत समाजवादीतिर लागेका छन्। तर त्यसको असर आफूलाई नपर्ने जोशीको दाबी छ। उनी भन्छन्, ‘समाजवादीको भोट यस क्षेत्रमा कम थियो। त्यो भोट भन्दा धेरै भोट गोविन्दराज जोशी पक्षको भएकाले एमाले विभाजनले कुनै असर गर्दैन।’

व्यासमा विगतका मेयर वैकुण्ठले नगर प्रमुखको भूमिका राम्राेसँग ननिभाएकोले जनता असन्तुष्ट भएकाले पनि यसपटक आफूलाई भोट हाल्ने उनको दाबी छ। जोशी भन्छन्, ‘लामो समयसम्म अमेरिकाको बसाइले गर्दा जुनसुकै काम पनि सिस्टमेटिक हुनुपर्छ भन्ने मेरो सोच हो। म सोही भिजन अनुसार जनतासामु गएको छु। निवर्तमान मेयरसँग मानिसहरु आजित भइसकेका छन्, नगरपालिकामा धेरै कुराहरु हुन सकेका छैनन्, मानिसहरु कांग्रेसप्रति असन्तुष्ट छैनन् तर मेयरका उम्मेदवारप्रति असन्तुष्ट छन्। त्यसैले पनि मेरो जित सुनिश्चित छ। यसपटक जनता नगर प्रमुखको विकल्पको खोजीमा छन्। मैले ३ हजार बढी मतले जित्नेछु।’

कांग्रेसीहरु पनि एमाले–जोशीको तालमेलले खासै असर नगर्ने दाबी गर्छन्। २०४८ सालमा घोषणा भएको व्यास नगरपालिकामा अहिलेसम्मका तीन मेयर कांग्रेसले मात्र जितेको छ। व्यासको इतिहासमा अहिलेसम्म भएका सबै निर्वाचनमा कांग्रेसले मात्र चुनाव जित्दै आइरहेको छ ।

व्यासको निर्वाचनमा माओवादी केन्द्रका अतेन्द्रकेशरी न्यौपाने, विवेकशील साझाका रमेश आचार्य, स्वतन्त्र पार्वती कार्की लगायतका अन्य दलहरुबाट ११ जना उमेदवार मेयरका लागि मैदानमा भए पनि उनीहरुको खास्सै चर्चा छैन। जति ठूलो संख्यमा उम्मेदवारी परे पनि मुख्य प्रतिस्पर्धा कांग्रेसका वैकुण्ठ न्यौपाने र जोशी–एमाले समूहका उम्मेदवार दीपकराज जोशीबीच हुने जानकारहरु बताउँछन्।

प्रकाशित: May 10, 2022| 21:30 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...