काठमाडौं- मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ। माता जानकीको जन्मोत्सव अर्थात जानकी नवमीको अवसरमा आज सार्वजनिक बिदा दिएको हो।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा बारे जानकारी दिएका छन्। तर, उनीद्वारा जारी विज्ञप्तिमा गम्भीर त्रुटी भेटिएको छ।
उनले मधेस प्रदेश हुनुपर्नेमा ‘प्रदेश २’ लेखेका छन्। जानकी नवमीले धार्मिक आस्थाका साथै जनकपुर र प्रदेशको गरिमालाई समेत विश्व स्तरमा स्थापित गर्ने भएको हुँदा यस पर्वको गरिमाको संरक्षण, सम्बर्द्धन र प्रचार प्रसारमा प्रदेश सरकार हरसम्भव प्रतिबद्ध रहँदै आएको मुख्यमन्त्री राउतले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।