शुक्रबार, भदौ ५, २०८३

एमाले केन्द्रीय कमिटी बैठक एक दिनलाई सर्‍यो

नेकपा एमालेले भोलि (आइतबार) का लागि बोलाएको केन्द्रीय कमिटी बैठक एक दिनलाई सरेको छ।
 |  शनिबार, साउन २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २३, २०७८

काठमाडौं- नेकपा एमालेले भोलि (आइतबार) का लागि बोलाएको केन्द्रीय कमिटी बैठक एक दिनलाई सरेको छ।

आन्तरिक तयारीका साथै एकता प्रक्रियालाई ध्यानमा राखेर पर्सि (सोमबार) बस्ने गरी बैठक स्थगित गरिएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमालेको असन्तुष्ट माधव नेपाल पक्षले केन्द्रीय कमिटीको बैठक स्थगित गर्न दबाब दिँदै आएको थियो।

गत हप्ता बसेको स्थायी कमिटी बैठकले साउन २४ गतेका लागि केन्द्रीय कमिटी बैठक तय गरेको थियो।

स्थायी कमिटी बैठकले विभिन्न विभागहरुलाई पूर्णता दिने, सदस्यता नवीकरण गर्ने तथा पालिकास्तरको अधिवेशनको मिति तोक्नेलगायतका निर्णय गरेसँगै नेपाल पक्षले आपत्ति जनाएको थियो।

प्रकाशित: Aug 07, 2021| 20:33 शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...