शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन प्रभावित पार्ने क्रियाकलाप गरे कारबाही गर्छौं : गृहमन्त्रालय

निर्वाचन प्रभावित पार्ने क्रियाकलाप गरे कारबाही गर्छौं : गृहमन्त्रालय

कसैले पनि निर्वाचनलाई प्रभावित पार्ने क्रियाकलाप गरे कारबाही गरिने गृह मन्त्रालयले चेतावनी दिएको छ।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

काठमाडौं- कसैले पनि निर्वाचनलाई प्रभावित पार्ने क्रियाकलाप गरे कारबाही गरिने गृह मन्त्रालयले चेतावनी दिएको छ। मतदातालाई स्वतन्त्र रुपले आफ्ना प्रतिनिधि छनौट गर्ने अवसरलाई प्रभावित पार्ने क्रियाकलाप भएमा कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको हो।

प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै निर्वाचन विरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता विथोल्ने तथा मतदातालाई प्रभावित पार्न खोज्नेलाई कानुन बमोजिम कारबाही गरिने जनाएका छन्।

निर्वाचनको बहानामा कानुन विपरीतका गतिविधिमा संलग्न हुने र कानुन हातमा लिने छुट कसैलाई पनि नभएको गृह मन्त्रालयले जनाएको छ। त्यस्ता गतिविधिको सुरक्षा निकायबाट सूक्ष्म निगरानी भइरहेको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ अनुरुप निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्न आवश्यक सुरक्षा व्यवस्था कायम गर्न र निर्वाचन व्यवस्थापनका लागि देशभर करिब २ लाख ६० हजारको संख्यामा सुरक्षाकर्मी र करिब ३ लाखको हाराहारीमा कर्मचारी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। 

‘मतदानका लागि मतदातालाई निर्वाचन प्रणाली, राजनैतिक पद्धति, उम्मेदवार तथा तिनका प्रतिबद्धता, राजनैतिक दल तथा तिनका विचार र घोषणापत्रका सम्बन्धमा सुसूचित हुनु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ।

निर्वाचन असल सामाजिक संस्कार, सद्‌भाव र लोकतान्त्रिक अभ्यास विकासको अवसर समेत भएको भन्दै मन्त्रालयले निर्वाचनको माध्यमबाट जनप्रतिनिधि छनौट गर्ने पवित्र कार्यमा सहभागी भई सहयोग र सहजीकरण गरी राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीलाई आफ्नो कर्तव्य पालनमा साथ दिन अनुरोध पनि गरेको छ।

प्रकाशित: May 10, 2022| 08:50 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...