काठमाडौं- दुर्गम गाउँदेखि राष्ट्रसंघको उपल्लो ओहदासम्मको अनुभव समेटेको पुस्तक सार्वजनिक भएको छ । नेपालको दुर्गम पहाडी गाउँमा जन्मेहुर्केको एउटा व्यक्ति कालान्तरमा राष्ट्रसंघको उच्च ओहोदासम्म पुग्न सकेको संघर्षपूण कुरा पुस्तकमा समावेश गरिएको छ ।
अन्तर्राष्ट्रिय प्रशासनको उच्च जिम्मेवारीमा भए गरेका काम र यो ठाउँसम्म पुग्दा सामना गरेका चुनौती पुस्तकमा छ ।
पब्लिकेशन्स नेपालयले गैरआख्यान विधालाई निरन्तरता दिँदै ल्याइएको पुस्तकमा ‘ग्लोबल सिटिजन फ्रम गुल्मी-माइ जर्नी फ्रम दी हिल्स अफ नेपाल टु दी हल्स अफ दी युनाइटेड नेशन्स’ (गुल्मीबाट उठेका विश्व नागरिक-नेपालको पहाडहरु देखि राष्ट्रसंघका बैठकहरु सम्मको मेरो यात्रा) लार्इ वृहत रुपमा उल्लेख गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४