सोमबार, चैत २, २०८२

मुस्किलले बचे भेनेजुएलाका राष्ट्रपति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
तस्बिरः रोयटर्स
कारकास- भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो 'ड्रोन' आक्रमणबाट मुस्किलले बाँचेका छन्। 

राजधानी काराकासमा भइरहेको ८१ औं राष्ट्रिय सैन्य सभारोहलाई सम्बोधन गरिरहेको अवस्थामा उनीमाथि दुई वटा 'ड्रोन'बाट आक्रमण भएको थियो। सञ्चार मन्त्री जर्ज रोड्रिगेजका अनुसार दुईमध्ये एउटा ड्रोन राष्ट्रपतिनजिकै विष्फोट भएको थियो। उनलाई भने चोटपटक लागेको छैन। 

स्थानीय टेलिभिजनमा उक्त समारोहको प्रत्यक्ष प्रसारण भइरहेको थियो। विष्फोटलगत्तै सैनिकहरू भागाभाग गरिरहेको दृष्य भिडियोमा देखिएको छ। विष्फोटबाट सात जना सैनिक घाइते भएका छन्। 

राष्ट्रपति मदुरोले यस आक्रमणको दोष कोलम्बियामाथि लगाएका छन्। कोलम्बियाका राष्ट्रपति हुवाँ म्यानुएल सान्तोसले उक्त आरोप आधारहीन भएको बताएका छन्।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।