शुक्रबार, जेठ १, २०८३

२४ घण्टामा १५ कोरोना संक्रमित थपिए

कोरोना भाइरसको सङ्क्रमण आज १५ जनामा पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार ४५३ जनामा परीक्षण गर्दा १५ मा जनामा सङ्क्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

National life

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमण आज १५ जनामा पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार ४५३ जनामा परीक्षण गर्दा १५ मा जनामा सङ्क्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २१५ रहेको छ। पछिल्लो समय १७ जना सङ्क्रमणमुक्त छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७४७ पुगेको छ। 

यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। शून्य सङ्क्रमित रहेका जिल्ला ३० पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: May 06, 2022| 21:51 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्