बुधबार, चैत ४, २०८२

बैतडीका ७५ हजार बालबालिकाले लगाए टाइफाइडविरुद्धको खोप

स्वास्थ्य कार्यालका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै पालिकाका ७४ हजार ९१६ बालबालिकालाई खोप लगाएका हुन्।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

बैतडी- बैतडीका करीब ७५ हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य कार्यालका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै पालिकाका ७४ हजार ९१६ बालबालिकालाई खोप लगाएका हुन्।

National life

कार्यालयका अनुसार पुर्चौडी नगरपालिकाका १२ हजार ४२२, पाटन नगरपालिकाका आठ हजार ७१०,  दशरथचन्द नगरपालिकाका आठ हजार ४८१, मेलौली नगरपालिकाका ६ हजार २३६ बालबालिकालाई खोप लगाइएको छ। 

यस्तै सिगास गाउँपालिकाका सात हजार ७५०, दोगडाकेदार गाउँपालिकाका  ६ हजार ९१४, डिलाशैनी गाउँपालिकाका ६ हजार ६१७,  शिवनाथ गाउँपालिकाका ६ हजार ३७२, सुर्नया गाउँपालिकामा पाँच हजार ८४५ र पञ्चेश्वर गाउँपालिकाका पाँच हजार ५६९  बालबालिकाले खोप पाएका हुन्। जिल्लाका १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाले खोप सेवा पाएका हुन्।

टाइफाइड रोगबाट बचाउनका लागि बालबालिकालाई सो खोप पहिलो पटक दिइएको हो। यो खोपको प्रतिरोधात्मक क्षमता झण्डै ९७ प्रतिशत छ। यस वर्ष अभियानको रुपमा टाइफाइडविरुद्धको खोप दिइएको छ भने अर्को वर्षदेखि बालबालिकालाई दिइने नियमित खोपमा सो खोपलाई समावेश गरिने जनाइएको छ।  

बालबालिकालाई १५ महिना हुँदा दादुरा–रुबेला खोपको दोस्रो मात्रा दिने बेला टाइफाइडविरुद्धको खोप पनि दिइने स्वास्थ्य कार्यालयले जनाएको छ। गत चैत २५ गतेबाट टाइफाइडविरुद्धको खोप अभियान सुरू भएको थियो।   रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: May 06, 2022| 15:06 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्