मंगलबार, असार ९, २०८३

सिर्जना सिंहलाई माइती जिल्लाका नेताको साथ

काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसले आगाडि सारेका मेयर उम्मेदवार सिर्जना सिंहलाई जिताउन गोरखाका शीर्ष नेताहरुले एकै ठाउँमा उभिएर समर्थन जनाएका छन्।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसले आगाडि सारेका मेयर उम्मेदवार सिर्जना सिंहलाई जिताउन गोरखाका शीर्ष नेताहरुले एकै ठाउँमा उभिएर समर्थन जनाएका छन्।

National life

गोरखा–काठमाडौं चुनाव प्रचारप्रसार समूहले आयोजना गरेको कार्यक्रममा जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, नेतृ कमला पन्त, चिरञ्जीवी वाग्ले लगायत नेताहरुले सिर्जना सिंह जस्तो सालिन व्यक्तित्व मेयर उम्मेदवारको रुपमा काठमाडौंले पाउनु सौभाग्य भएको बताउँदै जिताउन अपिल समेत गरेका छन्। 

कार्यक्रममा उम्मेदवार सिंहले माइती जिल्ला गोरखाबाटै आफूले राजनीतिक यात्रा सुरु गरेको स्मरण गर्दै पार्टीको घोषणापत्र र आफ्नो  संकल्पपत्र नै आफ्नो संकल्प पाएको बताइन्। देशको एकीकरण गोरखाले गरेको उल्लेख गर्दै उनले अब काठमाडौंको मेयर बनेर गोरखाकी चेलीले काठमाडौं सफा, सुन्दर र व्यवस्थित गर्ने बताइन्। पहिले न्याय नपाए गोरखा जानू भन्ने प्रचलन रहेको बताउँदै उनले अब न्याय नपाए काठमाडौंको मेयरकोमा जाने वातावरण बनाउने बाचा गरिन्।

जसपा नेता भट्टराईले सिर्जना सिंहको जित निश्चित भएको बताए। कोही परिवारसँग जोडियो भने महिलालाई आरोप लगाउने गरेको बताउँदै उनले सिंह आफ्नै बलवुतामा नेता भएको बताए। ‘हामी गठबन्धनमात्रै नभएर गोरखाको चेली समेत भएकोले सालिन व्यक्तित्वलाई मेयर जिताउनुको विकल्प छैन,’ भट्टराईले भने। 

अहिले एमालेले आगाडि सारेका केशव स्थापितप्रति पहिले आफूमा पनि भ्रम रहेको बताउँदै उनले स्थापित डेट एक्सपाएर ओखती भएको टिप्पणी गरे। आफू प्रधानमन्त्री हुँदा विकास प्राधिकरणमा लगेको तर पछि निकालेको प्रसंग कोट्याउँदै भट्टराईले सिर्जना सिंहको जित निश्चित भएको बताए।

Shivam cement

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिर्जना सिंहको विजय निर्विवाद भएको बताए। काठमाडौंमा पहिलो पटक महिला मेयर आउने निश्चत भएको बताउँदै उनले सिंहलाई गणेशमान सिंहको परिवार भनेर उम्मेदवार बनाएको भन्ने आरोप मित्थ्या भएको बताए। श्रेष्ठले सिंहका प्रतिस्पर्धी केशव स्थापित अवसरवादीको पराकाष्ठा भएको बताए। 

कांग्रेस नेता चिरञ्जीवी वाग्लेले सिर्जना सिंहको परिवार गोरखामा २००७ सालदेखिकै क्रान्तिमा सहभागी रहेको बताउँदै सिंहको राजनीतिक सक्रियता उहीँबाट सुरु भएको बताए। सिर्जना सिंहसँग काठमाडौंको मेयरमा कसैको पनि प्रतिस्पर्धा नहुने दाबी उनले गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले न्याय नपाए गोरखा जानू भनेर पढेको उल्लेख गर्दै गोरखाकी चेली सिर्जना सिंह काठमाडौंमा मेयर बनेर न्याय दिने बताए। 

कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखाबाट आउने कुनै पनि पार्टी नभनी जिताउने अभियानमा लाग्न आग्रह गरे।  सिर्जना सिंहले कुनै विरासतबाट नभएर नेविसंघदेखि नै राजनीतिक यात्रा गरेको उनले उल्लेख गरे। काग्रेस नेतृ कमला पन्तले काठमाडौंको मेयरको रुपमा गोरखाको चेली पाउनु गर्वको विषय भएको बताइन्।

प्रकाशित: May 05, 2022| 17:37 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...