बुधबार, असार ३१, २०८३

राष्ट्रिय युवा साहित्य परिषद गठन, किशोर साहित्यलाई ५० हजार पुरस्कार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं : युवाका रुचिलाई ध्यानमा राखेर कलम चलाउने साहित्यकारहरुको एक भेलाले किशोरलाई लक्षित प्रकाशित हुने उत्कृष्ट  पुस्तकलाई  वर्षेनी ५० हजार रुपैंया राशीको पुरस्कार प्रदान गर्ने भएको छ ।

 वर्षभरि निस्किएका किशोर लक्षित पुस्तक मध्ये एउटालाई यो रासीको पुरस्कार प्रदान गरिने भएको हो । त्यसैगरि वर्षभरिमा विभिन्न सञ्चार माध्यममा प्रकाशित–प्रशारित युवा सामग्री मध्ये दुईवटालाई १०–१० हजार रुपैंया पुरस्कार प्रदान गरिने छ ।

राजधानीमा गठन भएको राष्ट्रिय युवा साहित्य परिषदको कार्यरणी समितिले उक्त निर्णय गरेको हो । भेलाले लेखक तथा पत्रकार आश्विनी कोइरालाको अध्यक्षतामा १५ कार्यकारी सदस्य चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा महेश पौड्याल, उपाध्यक्षमा सम्पदा मल्ल, सचिवमा मिलन संग्रौला र कोषाध्यषमा सीमाना पौडेल चयन भएका छन् ।

परिषद्को सदस्यमा कृष्ण आचार्य, सुरेश बादल, कृष्ण ढुंगेल, सुधिर कुमार ‘सुमन’, नविन प्यासी, आयुष भट्टराई, प्रदिप बस्‍नेत, संघर्ष क्षेत्री र दीपक कोइराला छन् । कोइरालाले प्रवाश संयोजकको जिम्मेवारीसमेत सम्हाल्ने छन् ।

किशोर साहित्य ‘साहित्य पठनको प्रारम्भिक बिन्दु’ भएको निष्कर्ष निकाल्दै भेलाले यसलाई साहित्यको मूलधारको साहित्यले स्वीकार गर्ने सामग्री उत्पादनमा जोड दिने लक्ष्य पनि राखेको छ ।

‘विक्री र पाठकका हिसावले किशोर साहित्य मूलधारको साहित्यभन्दा धेरैमाथि छ ।’ नवनिर्वाचित अध्यक्ष अश्विनी कोइरालाले भने, ‘तर यसलाई मूलधारका साहित्यका रुपमा स्वीकार गरिएको छैन । यो अवस्थाको अन्त्य गर्ने लक्ष्यका साथ म आफ्नो कार्यकाल पूरा गर्नेछु ।’

परिषद्ले प्रकाशनको पहुँचबाट टाढा रहेका लेखकलाई सम्पादन तथा प्रकाशनमा सहयोग तथा सिफारिस गर्ने, देश तथा विदेशमा रहेका युवा साहित्यकारलाई संगठित गर्ने, किशोर साहित्यको स्तरीयतासम्बन्धी विभिन्न कार्यक्रम, गोष्ठी, भेला संचालन गर्ने लक्ष्य राखेको छ ।

परिषद्ले नेपालका सबै चर्चित साहित्यकारले आफ्नो पठनको प्रारम्भ किशोर साहित्यबाट सुरु गरेका कारण पुरस्कारको नाम पनि किशोर साहित्य लेख्ने पूराना साहित्यकारको नामबाट राखिने भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।