शनिबार, वैशाख २२, २०८१

जब रेशम चौधरीले डिल्लीबजार जेलमै बोलाएर मेयर प्रस्ताव गरे

मेयरमा उठ्न प्रस्ताव आउनुअघि उनलाई राजनीतिमा यसरी छिर्छु भन्ने सोचसम्म थिएन। यद्यपि, आफ्नो गाउँ–समाज कसरी विकास गर्न सकिएला भनेर अध्ययन गर्दै थिए।
 |  बिहीबार, वैशाख २२, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं– घरपरिवार नै माओवादी। अंकल माओवादी भएकोले सानैदेखि घरमा माओवादीकै चहलपहल हुन्थ्यो। त्यसबेला माओवादीका कार्यकर्ता आएर किताबहरु छोडिदिने गर्थे। ती किताबको साथी बन्थे– महेन्द्र उपाध्याय। 

triton college

बहिरी किताब पढ्दै गएपछि उनमा विस्तारै राजनीतिक चेत बढ्दै गयो। समाजलाई फराकिलो आयामले हेर्न सिके। राजनीतिक संस्कार बढ्दै गयो। तिनै उपाध्याय अहिले कैलालीको लम्कीचुहा नगरपालिकामा मेयरका उम्मेदवार बनेका छन्। रेशम चौधरीको ‘नागरिक मुक्ति पार्टी’ले उनलाई मेयरको रुपमा उठाएको हो।

मेयरमा उठ्न प्रस्ताव आउनुअघि उनलाई राजनीतिमा यसरी छिर्छु भन्ने सोचसम्म थिएन। यद्यपि, आफ्नो गाउँ–समाज कसरी विकास गर्न सकिएला भनेर अध्ययन गर्दै थिए। स्थानीय तह विकासको लागि माटो सुहाउँदो विकासे मोडल चाहिन्छ भनेर खोज–अनुसन्धान गर्दै थिए। यसबाहेक साहित्य लेखनीको कामलाई पनि अघि बढाउँदै थिए। सँगसँगै उनले तयार पारे– लम्कीचुहाको विकास मोडल।

फिल्म पनि लेखिरहेकोले उपाध्याय फिल्म निर्देशक यादव भट्टराईसँग निकट थिए। आउँदो मंसिरबाट उनले लेखेको एउटा फिल्ममा भट्टराईकै निर्देशनमा काम हुँदैछ। यही विषयमा कुरा गर्न भेट्दा उपाध्यायले भट्टराईलाई आफ्नो विकास मोडल पनि देखाइहाले। कुनै विज्ञलाई लगेर देखाउन भन्दै केही पत्रहरु उनको हातमा थमाइदिए।

त्यसपछि भट्टराईले उक्त मोडलबारे डिल्लीबजार जेलमा रहेका रेशम चौधरीलाई देखाए। ‘तपाईंकै ठाउँको मान्छेले यसरी गाउँ विकासको योजनाको खाका कोर्दै हुनुहुँदो रहेछ’ भन्दै चौधरीलाई भट्टराईले सुनाएपछि उपाध्याय डिल्लीबजार निम्त्याइए। रेशम चौधरीले जेलबाटै सोझै प्रस्ताव गरे, ‘तपाईं मेयरमा लड्नुस्। माहोल राम्रो छ, जितेर यो लागू गर्नुस्।’

corrent noodles
Metro Mart
मेयरमा उठ्न प्रस्ताव आउनुअघि उनलाई राजनीतिमा यसरी छिर्छु भन्ने सोचसम्म थिएन। यद्यपि, आफ्नो गाउँ–समाज कसरी विकास गर्न सकिएला भनेर अध्ययन गर्दै थिए।

सक्रिय राजनीति नगर्ने सोचिरहेका उपाध्याय एकपटक त झस्किए। त्यो पनि ठाडै मेयरको प्रस्ताव? अलिबार सोचेपछि उनले छलफल अघि बढाए। आफूले काम गर्दा पार्टीले हस्तक्षेप नगर्ने र स्वतन्त्र रुपमा आफ्नो खाकाअनुसार काम गर्न पाउने भएपछि उनले रेशम चौधरीको प्रस्ताव स्वीकारे। र, नागरिक मुक्ति पार्टीको टिकट लिएर लम्कीचुहा हानिए।

टीकापुर घटनाको आरोपित चौधरी अहिले हिरासतमै छन्। थरूहटको आन्दोलन चर्किंदा २०७२ भदौमा भएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि भीडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिएको थियो। यसको आरोप खेप्दै हिरासतमा रहेका चौधरीले उपाध्यायको विकासे मोडल हेरेर मेयर प्रस्ताव गरेका हुन्।

‘तपाईंको मोडल आफैंले लागू गर्नुहुन्न भने कसले गर्दिन्छ?’ भनेर रेशमजीले उल्टै प्रश्न गर्नुभयो। आफ्नो मोडलअनुसार गाउँको विकास गर्न पार्टीले कुनै अवरोध वा हस्तक्षेप नगर्ने वाचा पाएपछि मैले सहमति जनाएँ,’ उपाध्यायले नेपाल समयसँग भने।

लम्कीचुहा–५ मा जन्मिएका उपाध्यायको विकासे मोडल पनि गाउँ केन्द्रित नै छ। सुरुमा लम्कीचुहाको अनुकूल हुनेगरी मोडल बनाएका उनले विस्तारै जुम्लादेखि अन्य भेगको पनि बनाउने तयारी गरिरहेका छन्। उनी बजारमा विश्वास गर्छन्। बजार खुल्दा हरेक मान्छे बिक्न तयार छ। त्यसैले यसमै केन्द्रित भएर उनले विकासको खाका कोरेका छन्।

टीकापुर घटनाको आरोपित चौधरी अहिले हिरासतमै छन्। थरूहटको आन्दोलन चर्किंदा २०७२ भदौमा भएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि भीडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिएको थियो। यसको आरोप खेप्दै हिरासतमा रहेका चौधरीले उपाध्यायको विकासे मोडल हेरेर मेयर प्रस्ताव गरेका हुन्।

नगरपालिकासँग अर्बौंको बजेट अर्थात् उत्कट महत्वाकांक्षा पूरा गर्नेगरी बजेट हुँदैन भन्नेमा उपाध्याय जानकार छन्। त्यसैले नियमित बजेटको आकडा हरेर विकासको खाका कोरेका छन्। उनका अनुसार अहिले त्यो क्षेत्रमा कर्णालीबाट निकालिएको रानी जमरा सिँचाइ आयोजना छ। त्यसको दायाँबायाँ २४ किलोमिटर बाँस रोप्ने योजना उनको छ। बीचमा पर्ने हाइटेन्सन लाइन (डेढ किलोमिटर) छोडेर बाँस रोप्ने कामलाई पहिलो प्राथमिकतामा राखेको उनले सुनाए।

‘बाँसबाट उद्योगसम्मको योजना हो। बाँस रोपेपछि परम्परागत रुपमा बनाइरहेका सामग्री त बन्ने नै भए। प्लास्टिकलाई निषेध गर्न पनि यसैको अन्य सामग्री बनाउन कुटिर उद्योग खोल्ने योजना छ,’ उनले भने। उनका अनुसार बाँसको प्रयोग गरेर भान्सामा चाहिने भाँडाकुँडा तथा अन्य सामग्री बनाइनेछन्। यसको लागि कुटिर उद्योग खोलिनेछ। त्यसको लागि सानो परिमाणमामा कागज बनाउन थाल्ने र बाँसबाट उद्योगसम्म लम्कीचुहालाई लग्ने खाका उनको छ, जुन सुनेर रेशम चौधरी प्रभावित भएका थिए।

यसरी उत्पादन गरेपछि बेच्नेसम्मको योजना उनीसँग छ। लम्कीचुहामा १० वटा वडा छन्। कुटिर उद्योगदेखि व्यापारसम्म गर्दा ६० हजारभन्दा बढी मानिस राजगार हुने उनको आकलन छ। लम्कीचुहा नगरपालिकाको मतदाता संख्या ५३ हजार छ। यसरी गाउँबासीलाई रोजगार बनाउन सकिने उनले बताए।

शिक्षाको लागि पढ्दै–कमाउँदै कार्यक्रमअनुसार जाने उनको खाकामा उल्लेख छ। ‘त्यस्तै स्वास्थ्यको लागि राधा पौडेलसँग बुझ्दा बाँस भनेको प्याड बनाउन उपयुक्त हो। प्याडमा रगत सोस्ने भुवाको लागि बाँस बेस्ट हो। यसरी अन्य व्यवहारिक कार्यक्रम पनि छ,’ उनले भने।

आवास परियोजनाअन्तर्गत स्मार्ट आवास बनाउने योजना छ। हरेक टोलमा एकखाले बोटबिरुवा रोपिन्छन्। मान्छे विदेश वा अन्य ठाउँमा भए पनि जमिन बाँझो नराख्ने गरी खेत जोत्ने वातावरण मिलाइने उनले सुनाए। कृषि एपमार्फत किसानले खेतको क्षेत्रफल र जोत्नुपर्ने कारण खुलाएपछि केही रकम लिएर नगरपालिकाले नै जोतिदिने उनले सुनाए। यी र यस्तै योजना लागू गर्ने सर्तमा नागरिक मुक्तिबाट टिकट पाए उपाध्यायले। 

उत्पादन गरेपछि बेच्नेसम्मको योजना उनीसँग छ। लम्कीचुहामा १० वटा वडा छन्। कुटिर उद्योगदेखि व्यापारसम्म गर्दा ६० हजारभन्दा बढी मानिस राजगार हुने उनको आकलन छ।

लम्कीचुहा नगरपालिकाको वडा नम्बर ५ मा जन्मिएका उनले पढाइ चाहिँ टीकापुरमा गरे। त्यसपछि महेन्द्रनगरमा गएर प्लस टु गरे। त्यसपछि काठमाडौंमा त्रिवि अन्तर्गत रहेको जनकपुर इन्जिनिरिङ कलेजमा बीई गरे। उपाध्यायले पहिलो जागिर प्लान इन्टरनेसनलमा गरेका थिए। सिभिल इन्जिनियरिङ गरेका उनी दैलेखको आठबिस नगरपालिकाको इन्जिनियर भए। त्यसपछि संघीयतामा देश गएपछि सबैतिर इन्जिनियरको माग बढ्यो। र, सुर्खेतमा भएको परीक्षा पास गरेर भवन डिभिजनमा इन्जिनियरिङको काम गर्न छिरे। 

भवन डिभिजनमा काम गरे पनि उनले लेखनीको कामलाई छोडेनन्। पछि काम छोडेर साहित्यतिरै लागे। उनको ‘मिन्जारी’ भन्ने किताब पनि निस्कँदैछ। थारुका थुप्रै कथाहरु लेखेका छन्। उनको ‘एकादेशको कथा’ भन्ने फिल्म पनि बन्दैछ। जसको निर्देशन उनै भट्टराईले गर्दैछन्, जसले रेशम चौधरीसम्म उनको विकास मोडलको खाका पुर्याएका थिए।

भवन डिभिजनको इन्जिनियर हुँदा उनले कर्मचारीतन्त्रलाई नजिकबाट नियाल्न पाए। त्यसैको आधारमा उनले एकादेशको कथा फिल्म लेखेका हुन्। टीकापुर घटनाको अघिल्लो रात थारु बस्तीमाथि के भएको थियो भनेर पनि कथा लेखेका छन्। जसलाई ‘पुरानो घर’ले नाटक बनाएर देखाउने तयारी गरिरहेको उनले बताए।

प्रकाशित: May 05, 2022| 12:54 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...