बुधबार, चैत ४, २०८२

खोप भण्डारण गर्न बागलुङमा 'वाकिङ कुलर'

खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

बागलुङ- खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ। बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले उद्घाटन गरेका छन्।

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा बनेको उक्त चिस्यान कोठामा दश रेफ्रिजेरेटरमा अट्ने जति खोप भण्डारण गर्न सकिने छ। यसअघि भण्डारण क्षमता कम हुँदा यहाँ कोभिड–१९ विरुद्धको खोप आपूर्ति र वितरणमा समस्या भएको थियो। थपिएको भण्डारण क्षमताले बागलुङसँगै पर्वत, म्याग्दी र मुस्ताङलाई समेत पुग्ने निर्देशक खड्काले बताए।

‘धौलागिरि क्षेत्रमा खोप भण्डारण र वितरण केन्द्र अब बागलुङ बन्छ’, उनले भने, ‘खोप सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन यसबाट ठूलो मद्दत पुग्छ।’ निर्देशक खड्काका अनुसार योसहित गण्डकी प्रदेशमा ठूलो क्षमताका चार ‘वाकिङ कुलर’ सञ्चालनमा ल्याइएको छ। यसबाट ५० लाख जनसङ्ख्यालाई पुग्ने खोप भण्डारण गर्न सकिनेछ। गण्डकी प्रदेशको जनसङ्ख्या झण्डै २५ लाख छ।

कोभिड–१९ महामारीका बेला खोप सेवालाई द्रुत र प्रभावकारी बनाउन सरकारले देशभर भण्डारण क्षमता विस्तारमा जोड दिएको थियो। स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले दश घण्टासम्म बिजुली नआउँदा पनि यसको प्रणालीले आफैँ धान्ने बताए। त्योभन्दा बढी समय बिजुली नआएमा भने जेनेरेटर प्रयोग गर्नुपर्छ। खत्रीले अबदेखि कोभिड–१९ जस्ता जुनुसुकै महामारी आउँदा पनि खोप आपूर्ति, भण्डारण र वितरणमा समस्या नहुने बताए।

बालबालिकाले पाउने नियमति खोप सेवादेखि अन्य जुनसुकै खोप सेवाको गुणस्तरीयता बढाउन पनि उक्त चिस्यान कोठाले सघाउ पुर्‍याउने स्वास्थ्य कार्यालयले जनाएको छ। कुनै सामान्य तापक्रम त कुनै अत्यधिक चिसोमा राख्नुपर्ने खोप हुन्छन्। अत्यधिक चिसोमा राख्नुपर्ने खोपका लागि भण्डारण क्षमता कम भएपछि सरकारले ‘वाकिङ कुलर’को विस्तारमा लगानी बढाएको हो।

Laxmi sunrise bank
kumari

स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले कोभिड–१९ महामारीले खोपको भण्डारण क्षमता विस्तारका लागि आफूहरुलाई झकझक्याएको बताए। उनले यहाँको ‘वाकिङ कुलर’ले धौलागिरि क्षेत्रकै खोप सेवा सञ्चालनमा टेवा पुग्ने उल्लेख गरे। ‘भण्डारण क्षमताको कमीका कारण खोपको आपूर्ति र वितरण प्रभावित हुने अवस्थाको अब अन्त्य भएको छ’, उनले भने।  रासस

प्रकाशित: May 05, 2022| 10:15 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्