शुक्रबार, जेठ १, २०८३

भिड बेनेटलाई दिइएको सुँगुरको मुटु नै संक्रमित भएको पुष्टि

एक अमेरिकी बिरामीमा प्रत्यारोपण गरिएको सुँगुरको मुटु नै संक्रमित भएको पुष्टि भएको छ।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- एक अमेरिकी बिरामीमा प्रत्यारोपण गरिएको सुँगुरको मुटु नै संक्रमित भएको पुष्टि भएको छ। उक्त मुटु सुँगुरमा पाइने पोर्साइन भाइरसबाट संक्रमित रहेको एमआइटी टेक्नोलोजी रिभ्युमा उल्लेख छ।

National life

भिड बेनेटलाई दिइएको जीन-एडिट गरिएको सुँगुरको मुटुमा पोर्साइन भाइरस भएका कारण उनको मृत्यु अनुसन्धान कर्ताहरूले बताएका छन्।

ज्यान लिने खालको मुटुको रोग लागेका डेभिड बेनेटको शरीरमा अमेरिकामा सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो।  उनको शरीरमा सुँगुरको मुटुले प्रतिस्थापन गरेको केही दिनपछि बेनेट ओछ्यानमा बसिरहेका थिए। प्रत्यारोपण गरेको दुई महिनापछि उनको निधन भएको थियो।  

यो विषय अहिले विशेषज्ञहरू बीच व्यापक छलफलको विषय बनेको प्रत्यारोपण सर्जन मेरिल्याण्ड स्कुल अफ मेडिसिन विश्वविद्यालयका बार्टले ग्रिफिथले बताएका छन्।

सुँगुरको भाइरसलाई निष्क्रिय बनाउनको लागि अथक प्रयास अप्रिल २० मा अमेरिकन सोसाइटी अफ ट्रान्सप्लान्टेसनले अनलाइन स्ट्रिम गरिएको वेबिनारको क्रममा ग्रिफिथले बताएका थिए।

प्रकाशित: May 05, 2022| 07:56 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्