आइतबार, मंसिर ७, २०८२

आईपीएलमा शीर्षस्थानको गुजरातलाई पन्जाबले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) मा शीर्षस्थानमा रहेको गुजरात टाइटन्सलाई पन्जाब किंगस्ले हराएको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा शीर्षस्थानमा रहेको गुजरात टाइटन्सलाई पन्जाब किंगस्ले हराएको छ। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर १४३ रन बनाएको थियो।

National life

जवाफमा पन्जाबले चार ओभर बाँकी रहँदै दुई विकेट गुमाएर निर्धारित १४४ रनको लक्ष्य १४५ रन बनाएर पुरा गरेको थियो।

पन्जाबका लागि शिखर धवनले सर्वाधिक ६२ रन बनाए भने भानुका राजापक्षले सबैभन्दा धेरै ४० रनको योगदान दिए। त्यसक्रममा गुजरातका मोहम्मद शामी र लकी फग्युसनले समान १/१ विकेट लिए।

पहिलो पारीमा साई सुदर्शनले सर्वाधिक ६५ रन बनाएका थिए। यसबाहेक रिद्धिमान शाहले २१ रनको योगदान दिनुबाहेक अन्य खेलाडीले सम्झनलायका प्रदर्शन गरेनन्। गुजरातविरुद्ध कसिलो बलिङ गरेका कागिसो रबाडाले चार विकेट गिराएका थिए।

यो जितसँगै पन्जाबल १० खेलबाट १० अंक बनाएको छ भने शीर्षस्थानको गुजरातको १६ अंक रहेको छ। यो गुजरातको दोस्रो हार हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 04, 2022| 06:38 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।