आइतबार, मंसिर ७, २०८२

भिल्ला रियललाई हराउँदै लिभरपुल च्यासम्पियन्स लिगको फाइनलमा

युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा प्रिमियर क्लब लिभरपुले जित निकालेको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं- युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा प्रिमियर क्लब लिभरपुले जित निकालेको छ। स्पेनिस क्लब भिल्ला रियलको मैदानमा मंगलबार राति सम्पन्न भएको खेलमा लिभरपुलले ३–२ गोलको जित निकाल्दै च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको हो।

National life

च्याम्पियन्स लिगमा अहिले सेमिफाइनलका दोस्रो लेगको खेल मात्र बाँकी थियो। यहाँ लिभरपुलको मैदानमा भएको पहिलो लेगको खेलमा घरेलु टिमले भिल्ला रियलमाथि २–० गोलको जित निकालिसकेको थियो।

यदि दोस्रो लेखमा लिभरपुल बराबरी वा एक गोलले पछि परेको अवस्थामा पनि फाइनल पुग्ने अवस्था थियो। यस्तोमा उसले भिल्लाविरुद्ध ३–२ गोलको जित निकालेको हो।

यो जितसँगै लिभरपुलले समग्रमा ५–२ को जित निकालेको हो। गएरातिको जितका लागि फाविन्हो, लुइस डियाज र साडियो मानेले समान १–१ गोल गरेका थिए। उनीहरूलाई क्रमशः मोहम्मद सलाह, अलेक्जेन्डर अर्नोल्ड र केइटाले पास उपलब्ध गराएका थिए। तर, यी सबै गोल दोस्रो हाफमा सम्भव भएका थिए।

यता पहिलो हाफमा लिभरपुल २–० गोलले पछि परिसकेको थियो। जहाँ बोयलेई डियाले र इटियन कोउलिनले समान १,१ गोल गरेका थिए। त्यस्तै, खेलको ८६ औं मिनेटमा कोउसले दोहोरो पहेँलो कार्डको सजाय पाएका सँगै भिल्ला १० खेलाडीमा समेटिएका थियो।

Laxmi sunrise bank
kumari

च्याम्पियन्स लिगअन्तर्गत आज राति अर्को सेमिफाइनल खेलको दोस्रो लेगको खेल हुनेछन्। रियल मड्रिडको बर्नाबेउमा हुने खेलमा उसले पाहुना टिम म्यानचेस्टर सिटीलाई आतिथ्यता प्रदान गर्नेछ।

प्रकाशित: May 04, 2022| 06:31 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।