आइतबार, वैशाख ७, २०८२

रसुवामा मदिरा बिक्री वितरणको समय सीमा निर्धारण

मादक पदार्थ सेवन गर्ने व्यक्तिबाट बढी होहल्ला हुने एवं झै झगडाको सम्भावना बढ्न सक्ने विगतका घटनाक्रमले देखाएका कारण इजाजत प्राप्त व्यक्तिले मात्र मदिरा बिक्री वितरण गर्न पाउने व्यवस्था मिलाइएको छ। यसका लागि अनुगमन कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ।
 |  मंगलबार, वैशाख २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

vianetvianet

रसुवा- यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षालाई केन्द्रित गरी नेपाल प्रहरीले मदिरा बिक्री वितरणका लागि समय सीमा तोकेको छ। 

triton college

मादक पदार्थ सेवन गर्ने व्यक्तिबाट बढी होहल्ला हुने एवं झै झगडाको सम्भावना बढ्न सक्ने विगतका घटनाक्रमले देखाएका कारण इजाजत प्राप्त व्यक्तिले मात्र मदिरा बिक्री वितरण गर्न पाउने व्यवस्था मिलाइएको छ। यसका लागि अनुगमन कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी प्रमुख कुलदिप चन्दका अनुसार स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्मका लागि प्रत्येक दिन अपराह्न ४ बजे पछाडि कुनै पनि  मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न अनुरोध गरिएको हो। निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै नागरिकको साझा दायित्व भएकाले प्रहरीको कदमलाई यहाँका व्यापारी व्यवसायीले पूर्णरूपमा सहयोग गर्नेमा प्रहरी आशावादी भएको बताइएको छ।

मदिरा बिक्री गर्ने होटल साँझ ७ बजेदेखि बन्द गर्न नेपाल प्रहरीले व्यवसायीलाई अनुरोध गरे पश्चात्त निर्देशन कार्यान्वयन हुन थालेको यहाँका व्यवसायीले बताएका छन्। रसुवागढी नाका, पर्यटकीय क्षेत्र एवं चिसो स्थान भएका कारण बढी मात्रामा खपत हुने मदिरा नियन्त्रणका लागि नेपाल प्रहरीले चालेको कदम स्वागत योग्य भएको विश्लेषकले बताएका छन्।

प्रकाशित: May 03, 2022| 23:40 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।