शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • गठबन्धनको घोषणापत्र- सुत्केरीलाई तीन महिनासम्म पाँच हजार भत्ता दिने

गठबन्धनको घोषणापत्र- सुत्केरीलाई तीन महिनासम्म पाँच हजार भत्ता दिने

स्थानीय तहको निर्वाचनमा आफूहरू निर्वाचित भए विपन्न सुत्केरीलाई तीन महिनासम्म रु पाँच हजार मासिक भत्ता दिने गठबन्धन दलका उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका छन्। मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनले आज प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गर्दै पोषण खानाका लागि रकम उपलब्ध गराउने जनाइएको छ।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

मकवानपुर- स्थानीय तहको निर्वाचनमा आफूहरू निर्वाचित भए विपन्न सुत्केरीलाई तीन महिनासम्म रु पाँच हजार मासिक भत्ता दिने गठबन्धन दलका उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका छन्। मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनले आज प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गर्दै पोषण खानाका लागि रकम उपलब्ध गराउने जनाइएको छ। 

National life

प्रतिबद्धतापत्रमा हेटौंडा उपमहानगरपालिका क्षेत्रमा रहेको नदीको व्यवस्थापन गरिने, खोलामा अस्थायी स्विमिङपुल निर्माणदेखि सामाजिक सुरक्षा, शिक्षा, नगर विस्तारसम्मका योजनाहरू उल्लेख गरिएको छ। प्रतिबद्धतापत्रमा उपमहानगरवासीलाई ३०० युनिटसम्मको बिजुली निःशुल्क प्रदान गर्नेदेखि प्रत्येक वडामा एमबिबिएस चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने विषय समेटिएको छ।

ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै पुगी स्वास्थ्य सेवा दिइने प्रमुखकी उम्मेदवार मीना लामाले घोषणा गरे। उनले ‘एक घर, एक रोजगारी’लाई प्राथमिकतामा राख्नाका साथै न्यून मध्यम व्यावसायिक कार्यका लागि सीप विकास, सहुलियत ऋण, बजार व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

नगरभित्र हरेक घरमा मासिक १० हजार लिटर खानेपानी निःशुल्क गर्ने पनि घोषणा गरिएको छ। हेटौँडा विकास प्राधिकरण गठन गर्ने तथा नगर यातायातको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाइएको छ। हरेक वर्ष कम्तीमा पाँच जनालाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नाका साथै सामुदायिक विद्यालय तथा कलेजमा स्वास्थ्यकर्मीको व्यवस्था गर्न पनि गठबन्धनका उम्मेदवारहरू प्रतिबद्ध रहेको छ।

उपप्रमुख पदका उम्मेदवार राजेश बानियाँले प्रत्येक वडामा मिनी रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता जनाए। उनले नगरभित्रका नदी खोलाको व्यवस्थापन गरी अस्थायी स्विमिङ पुल निर्माण, जलविहार तथा पार्कहरू निर्माण गरी पर्यटनमैत्री नगर बनाउने योजना पनि अघि सारिएको बताए। 

Laxmi sunrise bank
kumari

धार्मिक क्षेत्रहरूको सुधार तथा प्रवद्र्धन गर्नाका साथै हरेक वडामा फलफूलको बगैँचा बनाउने पनि प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ। नगरस्तरीय प्रज्ञा–प्रतिष्ठान स्थापना, प्रवद्र्धन र विकासका कार्यक्रम गर्न पनि गठबन्धन प्रतिबद्ध बनेको छ भने नगरस्तरीय नाट्यशाला निर्माण गर्ने योजना पनि अघि सारिएको छ।

प्रकाशित: May 03, 2022| 21:15 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।