मंगलबार, पुस १, २०८२

प्रहरीले भन्‍यो- कर्णालीमा ३७७ मतदान केन्द्र अति संवेदनशील

कर्णाली प्रदेशमा ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको जनाइएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले यहाँका दश जिल्ला ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको जनाए।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

सुर्खेत- कर्णाली प्रदेशमा ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको जनाइएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले यहाँका दश जिल्ला ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको जनाए।

National life

उनले कर्णाली प्रदेशभरि ९०७ मतदानस्थलअन्तर्गत एक हजार ३८५ मतदान केन्द्र रहेको जनाए। कूल मतदान केन्द्रमध्ये ३३८ सामान्य, ६७० संवेदनशील र ३७७ अतिसंवेदनशील रहेको निमित्त प्रहरी नायब महानिरीक्षक बास्तोलाले बताए।

उनले भौगोलिक विकटता, मतदान केन्द्रको दूरी, मतदाता सङ्ख्या, विगतको घटना विश्लेषण र राजनीतिक प्रभावलाई दृष्टिगत गरी मतदान केन्द्रको वर्गीकरण गरिएको र त्यहीअनुसार सुरक्षा प्रबन्ध मिलाइएको बताउनुभयो। आवश्यक सामग्रीसहित सबै मतदान केन्द्रमा सुरक्षा अवस्थाका बारेमा पनि निरीक्षण गरिएको निमित्त प्रहरी नायब महानिरीक्षक बास्तोलाको भनाइ थियो। 

'कर्णाली प्रदेश एकीकृत सुरक्षा प्रणालीअन्तर्गत सामान्य, संवेदनशील र अतिसंवेदनशील मत केन्द्र वर्गीकरण गरेर हामीले प्रदेशभरि सात हजार ७१३ म्यादी प्रहरी परिचालन गरेका छौँ,' उनले भने, 'त्यस्तै पाँच हजारको हाराहारीमा नेपाली प्रहरी पनि खटाइएको छ। म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितलाई जोड्दा सुरक्षा अवस्था मजबुत बन्ने देखिन्छ।'

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रत्येक जिल्लास्थित सुरक्षा समितिहरू क्रियाशील रहेकाले छिट्फुट घटनाबाहेक अवस्था शान्त नै छ र निर्वाचन प्रचारका लागि उम्मेदवारहरूले घरदैलो कार्यक्रम गरिरहेका छन्। 

Laxmi sunrise bank
kumari

यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि हाल कर्णालीमा चार लाख ४९ हजार ३० महिला र चार लाख ५९ हजार ४०१ पुरुष गरी कूल मतदाता सङ्ख्या नौ लाख आठ हजार ४३३ रहेको जनाइएको छ।

प्रकाशित: May 03, 2022| 20:55 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।