मंगलबार, वैशाख २५, २०८१

महानगरमा डीएसपी छोडेर मिथिलाको मेयर बन्‍न मैदानमा महेन्द्र

मतदातालाई 'भोट बैंक'को रुपमा देखेका यसअघिका जनप्रतिनिधिहरुले सपना मात्रै देखाए। तर, आफूले भनेका कामहरु र वाचाहरु भने पूरा गर्न सकेनन्। आफ्नो ठाउँ आफैं बनाउनुपर्ने पालिकालाई कमाइ खाने भाँडो बनाए। यस्ता कुराहरु जनताले बुझेका छन् र हामीले बुझाइरहेका छौं।
 |  मंगलबार, वैशाख २०, २०७९

राज सरगम

राज सरगम

मंगलबार, वैशाख २०, २०७९

काठमाडौं- नेपाल प्रहरीको सेवाबाट अवकाश हुन तीन वर्ष बाँकी रहँदै काठमाडौं महानगर प्रहरीको नायब उपरीक्षक (डीएसपी) महेन्द्र महतोले २०७९ वैशाख ५ गते राजीनामा घोषणा गरे। संगठनमा राम्रो काम गरिरहेका महानगर प्रहरी अधिकृत महतोले अचानक राजीनामा दिएपछि उनका साथीहरुले आश्‍चर्य प्रकट गरे। संगठनले ३ दिनपछि वैशाख ८ गते उनको राजीनामा स्वीकृत गर्‍यो। 

triton college

उनले कसैको दबाब वा आपत्कालीन अवस्थाका कारण राजीनामा दिएका भने होइनन्। २८ वर्ष महानगरको सेवामा खर्चिएका महतोले मुलुकको सबै नीतिहरुलाई मार्गनिर्देश गर्ने राजनीति सुरु गर्ने योजनाका साथ प्रहरी सेवाबाट बाहिरिने घोषणा गरेका थिए। भन्छन्, ‘लामो समय देशका विभिन्‍न जिल्लाहरुमा बसेर काम गरे। त्यहाँ बसेर भइरहेको राजनीतिलाई नियाली रहेको थिएँ। अब गाउँ फर्किएर आफैं राजनीति गर्नुपर्छ भन्‍ने लागेर पदबाट सेवाबाट अलग हुने निर्णय गरेँ।' 

उनको राजीनामा स्वीकृत भएको ४ दिनपछि वैशाख १२ गते धनुषाको मिथिला नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवारी दर्ता गराए। महतो यतिखेर मतदाताको घरघरमा पुगेर आफूलाई मतदान गर्न अपिल गरिरहेका छन्। 

महतो परिवारको प्रेरणाले गाउँ फर्किएर राजनीति होमिएको बताउँछन्। ‘मेरा काका कुलदीप महतो पञ्‍चायतकालमा प्रधानपञ्‍च हुनुहुन्थ्यो। पूर्वराष्ट्रपति रामवरण यादवसँगको पारिवारिक सम्बन्ध छ’, उनले थपे, ‘काकाको राजनीतिक पृष्ठभूमि र पूर्वराष्ट्रपति रामवरण यादवलाई अभिभावक मानेकाले अहिलेको राजनीतिभन्दा फरक जनताको सेवा गर्ने राजनीतिक संस्कारको सुरुवात गर्न यस क्षेत्रमा होमिएको हुँ।' 

उनका बुबा कृषि पेसा अंगालिरहेको भए पनि समाजसेवीको छवि बनाएका छन्। किसानको छोरो हुनाले पनि आफ्नै क्षेत्रको विकासमा लाग्‍न चाहेको महतोले बताए। यतिखेर उनका बुबा पनि छोरालाई मत माग्दै टोल-टोल पुगिरहेका छन्। 

corrent noodles
Metro Mart

हालको मिथिला नगरपालिका-२ मा रहेको जनता माविबाट एसएलसी दिएका २०५० को दशकमा काठमाडौंमा हानिए। काठमाडौं छिर्नुको उनको उद्देश्य थियो, अध्ययन पूरा गर्ने। काठमाडौंले उनलाई संघर्ष गर्न सिकाएपछि सोच फेरियो।

पढाइ सँगसँगै गर्न सकिने जागिरको खोजीमा उनी थिए। प्रहरीको भर्ना खुल्‍यो। आवेदन भरे। नाम पनि निस्कियो। २०५२ सालमा ‘असई’मा नाम निकालेपछि उनको जागिरे जीवन सुरु भयो। चितवन भरतपुरबाट प्रहरीको तालिम सकेर ‘टुरिस्ट पुलिस’सँग बसे, केही वर्ष। महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना) मा बिताए, प्रहरी सेवाका केही वर्ष। 

संगठनमा रहँदा सिकेको अनुशासन, जनसेवालाई अब आफ्नै पालिकामा लागु गर्ने सोंचका साथ मैदानमा होमिएका उनले भने, ‘मिथिला नगरपालिकालाई देशकै नमूना नगरपालिकाको रूपमा विकास गर्ने भिजन र मिसनका साथ उम्मेदवारी दिएको हुँ।’

काठमाडौं महानगरपालिकाको टिममा बसेर काम गर्दाको अनुभवलाई आफ्नो नगर विकासमा लगाउने उनले बताए। भन्छन्, ‘सहरीकरणको बारेमा लिएको राष्ट्रिय-अन्तर्राष्ट्रिय तालिम र प्रतिष्ठित व्यक्तित्वहरुसँग गरेको कामको अनुभवले पनि नगरको विकास गर्न सहयोग पुर्‍याउने छ लाग्छ मलाई।’

काठमाडौं महानगरपालिकाको कार्यन्वयन विभागमा कार्यरत हुँदा उनको क्षेत्र नयाँ बसपार्कदेखि चाबहिलसम्म थियो। यो क्षेत्रमा उनको लामो अनुगमन रह्यो। यो अनुभव मिथिला नगरपालिकाको विकासमा खर्चिने उनी बताउँछन्। 

मतदातालाई 'भोट बैंक'को रुपमा देखेका यसअघिका जनप्रतिनिधिहरुले सपना मात्रै देखाए। तर, आफूले भनेका कामहरु र वाचाहरु भने पूरा गर्न सकेनन्। आफ्नो ठाउँ आफैं बनाउनुपर्ने पालिकालाई कमाइ खाने भाँडो बनाए। यस्ता कुराहरु जनताले बुझेका छन् र हामीले बुझाइरहेका छौं।

‘नगरपालिका कस्तो प्रणालीले चल्छ, कस्तो मेकानिजम हुनुपर्छ भन्‍ने महानगरमा काम गर्दा थाहा पाएँ’, उनी भन्छन्, ‘आफ्नो अनभुवलाई गाउँ र नगरको विकासमा खर्चिन पाए हुन्थ्यो भन्‍ने सोचले पनि म गाउँ फर्किएको हुँ।’

०००

मिथिला नगरपालिकामा २०७४ सालको निर्वाचनमा कांग्रेसकै उम्मेदवारविरुद्ध ‘बागी’ उठेका कारण कांग्रेसका आधिकारिक उम्मेदवारले ११ सयको मतान्तरले पराजय भोग्‍नुपरेको थियो। उनी भन्छन्, ‘कांग्रेसबाट बागी उम्मेदवार नउठेको भए अघिल्लो स्थानीय चुनावमा पनि मेयर नेपाली कांग्रेसकै हुन्थे।  यसपाली कोही बागी छैनन्। र, गठबन्धन पनि छैन, त्यसैले जित्‍ने ढुक्क छु।’

मिथिला नगरपालिकामा ३२ हजार मतदाता छन्। १४ हजारदेखि १६ हजारसम्म भोट ल्याएर मेयर जित्‍ने महतोको विश्‍वास छ। डा. रामबरण यादव, रघुबिर महासेठ, महेन्द्र यादवहरु यही क्षेत्रबाट राजनीति गर्दै राष्ट्रिय राजनीतिमा पुगेका हुन्। तर, पछिल्लो समय राजनीतिमा इमान्दारिता र मतदाताप्रतिको नेताको निष्ठा गुमेको उनको बुझाइ छ। उनी भन्छन्, 'निष्ठाको राजनीति गर्ने पात्र आजको शीला खोजेजस्तै गर्नु परेको छ। अहिले त्यसप्रकारको संस्कार नै भेटिँदैन।’

बुर्जुवा राजनीतिले अबको नगर बन्दैन भन्‍ने भन्‍नेमा उनी प्रष्ट छन्। उनका लागि प्रतिपक्षहरू बलियो भए पनि जनताले वैकल्पिक अनुहार खोजेकोले पनि आफ्नो जित सुनिश्‍चित भएको उनको दाबी छ। महतोले आफूलाई वैकल्पिक अनुहार मान्छन्। 

जनताको मागलाई सम्बोधन गर्दै विपक्षीहरुलाई हातमा लिएर सेवा गर्नु आफैंमा सकसपूर्ण काम हुने भए पनि त्यसका लागि आफूले सहजरुपमा सम्पादन गर्नसक्ने विश्‍वास महतोको छ। उनी भन्छन्, ‘मतदातालाई 'भोट बैंक'को रुपमा देखेका यसअघिका जनप्रतिनिधिहरुले सपना मात्रै देखाए। तर, आफूले भनेका कामहरु र वाचाहरु भने पूरा गर्न सकेनन्। आफ्नो ठाउँ आफैं बनाउनुपर्ने पालिकालाई कमाइ खाने भाँडो बनाए। यस्ता कुराहरु जनताले बुझेका छन् र हामीले बुझाइरहेका छौं।'

पछिल्लो समय प्रविधिको विकाससँगै गाउँगाउँमा नागरिकहरुको चेतनास्तरमा वृद्धि भएको छ। जसका कारण नागरिकहरुले मत कसलाई दिने भन्‍ने कुरा छुट्याउन सक्छन्। 

मिथिला नगरपालिकाले चुरे छोएको छ। अर्थात सिन्धुलीको सीमा जोडिएकोले धनुषा जिल्लाको सबैभन्दा ठूलो समस्य चुरे दोहन हो। नदीजन्य उत्खनन्‌लाई रोकेर क्रसर उधोगहरुलाई व्यवस्थित गर्ने, अव्यवस्थित प्लटिङ रोक्‍ने, खानेपानी र सुकम्बासी समस्या समाधान गर्नमा उनले आफूले प्राथमिकता दिने उनले बताए। आजका युवा पलायन हुनबाट रोक्न स्वरोजगारको सिर्जना गर्ने उनको प्रतिबद्धता छ। 

मिथिला नगरपालिकालाई प्राविधिक शिक्षाको केन्द्रको रूपमा विकास गर्ने उनको प्राथमिकता छ। २८ वर्षको जागिरे अनुभवमा धेरै कुरामा उनको असन्तुष्टिहरु थिए। ‘चेन एण्ड कमाण्ड' को पालना गर्नुपर्ने बाध्यतामा रहेका उनी अहिले आफैं असन्तुष्टी र गुनासाहरु सुन्‍ने ठाउँमा जाँदैछन्। आफ्नो नगरमा कुनै कर्मचारीका कारण जनताले दुःख नपाउन भन्‍नेमा उनको जोड छ। 

मिथिला नगरपालिकामा ८० प्रतिशत जनता कृषिमा निर्भर छन्। किसानलाई सिँचाई, मल तथा बिउबिजनको अभाव हुन नदिने गरी काम गर्ने, स्वास्थ्य क्षेत्र सुधारका लागि काम गर्ने उनको प्रतिबद्धता छ। उनले आफू २४ घण्टा नै खटिनसक्ने भएकोले नगरको विकासका लागि पनि विगतमा संगठनमा खटिएजस्तै २४सैं घण्टा खटिएर काम गर्ने उनले बताए। 

प्रकाशित: May 03, 2022| 20:16 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...