शनिबार, मंसिर १३, २०८२

शान्ति समाजद्वारा प्रेस स्वतन्त्रताको पक्षमा प्रदर्शन

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लेखिएका प्लेकार्ड सहित समाजले बुटवल विपि पथमा प्रदर्शन गरेको हो। प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रेस स्वतन्त्रता विना लोकतन्त्र जिवित हुन नसक्ने बताए।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

बुटवल- मानवअधिकार तथा शान्ति समाजले प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षाको पक्षमा मंगलबार बुटवलमा प्रर्दशनमा गरेको छ।

National life

‘प्रविधि नियन्त्रित मिडिया’ भन्ने नाराका साथ यो बर्ष दिवस मनाइएको हो। 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लेखिएका प्लेकार्ड सहित समाजले बुटवल विपि पथमा प्रदर्शन गरेको हो।  प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रेस स्वतन्त्रता विना लोकतन्त्र जिवित हुन नसक्ने बताए। 

उनले प्रेस स्वतन्त्रता लोकतन्त्र, नागरिक अधिकारसँग जोडिएकाले शान्ति समाज सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहने बताए।

संविधान सभा सदस्य बिनोद पहाडीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पत्रकारको मात्रै सवाल नरहेको बताए। उनले प्रेस स्वतन्त्रता विना नागरिक अधिकार पनि स्थापित हुन नसक्ने बताए।

Laxmi sunrise bank
kumari

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानि प्रसाद पाण्डेले प्रेस स्वतन्त्रता दिवस लोकतन्त्रको आधारभूत मूल्य र मान्यताको मेरूदण्ड भएको बताए। उनले अहिले पनि नेपाली प्रेस राज्य र समाजका विभिन्न अंगबाट असुरक्षित रहेको बताए।


प्रकाशित: May 03, 2022| 16:38 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।