मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • महिला भलिबलमा न्यु डायमन्ड र आर्मी पराजित, एभरेस्ट र एपीएफ विजयी

महिला भलिबलमा न्यु डायमन्ड र आर्मी पराजित, एभरेस्ट र एपीएफ विजयी

मंगलबार बिहान सम्पन्न आजको पहिलो खेलमा एभरेस्ट भलिबल क्लबले होङ्वाङ्जी न्यु डायमन्ड क्लबलाई ३-२ को सेटमा पराजित गरेको हो।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

काठमाडौं- काठमाडौंमा जारी छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा मंगलबार न्यु डायमन्ड क्लब र आर्मीको विभागिय त्रिभुवन आर्मी क्लब पराजित भएका छन्।

मंगलबार बिहान सम्पन्न आजको पहिलो खेलमा एभरेस्ट भलिबल क्लबले होङ्वाङ्जी न्यु डायमन्ड क्लबलाई ३-२ को सेटमा पराजित गरेको हो।

एभरेस्टले न्यु डायमन्डमाथि पहिले सेटमै २७-२५ को निकै प्रतिस्पर्धात्मक जित निकालेको थियो। तर उसले दोस्रो र तेस्रो सेट क्रमश: १३-२५ र २०-२५ ले गुमायो। अन्तिममा जित निकाल्नै पर्ने दुबै सेट चाहिँ एभरेस्टले गुमाएन। 

न्यु डायमन्डको २१ रहँदै एभरेस्टले २५ अंक बनाएर खेललाई २-२ को बराबर गरेको थियो।  र, अन्तिममा १५-१३ ले हराउँदै लिगमा २ अंक बटुलेको छ। हारका बाबजुद न्यु डायमन्डले एक अंक जोड्न सफल भयो।

त्यस्तै, अर्को खेलमा आर्मीलाई एपीएफले ३-१ को सेटमा हरायो। पहिलो सेटमा लगातार पछि परिरहेको अवस्थादेखि अन्तिममा अगाडि बढ्दै एपीएफले २७-२५ को संघर्षपूर्ण जित निकालेको थियो। दोस्रो सेट भने आर्मीले सहजै कब्जा गर्यो। त्यो सेटमा आर्मीले २५ अंक पूरा गर्दा एपीएफ १३ अंकमा समेटियो।

kumari

खेलको सुरुबातमा अगाडि रहे पनि आर्मीले २५-२१ को हार बेहोर्यो। २-१ ले अगाडि रहेको अबस्थामा एपीएफलाई एक जितको अवशक्ता थियो भने पछि परेको आर्मीलाई दुई जित चाहिएको थियो। चौथो सेटमा ९-९ बाट १५-१५ र १९-१९ को बराबरी हुँदै २५-२३ को सेटमा जित निकाल्यो।

प्रकाशित: May 03, 2022| 13:25 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।