आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकप २०२८ आयोजना गर्नबाट रूस वञ्चित, यूईएफएले प्रतिबन्ध लम्ब्यायो

युरोकप २०२८ आयोजना गर्नबाट रूस वञ्चित, यूईएफएले प्रतिबन्ध लम्ब्यायो

युक्रेनसँग युद्ध गरिरहेको रुसले युरो कप २०२८ आयोजना गर्न नपाउने भएको छ। यूरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसको यूरो कप आयोजना गर्ने प्रस्ताव खारेज गरिदिएको हो।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

एजेन्सी– युक्रेनसँग युद्ध गरिरहेको रुसले युरो कप २०२८ आयोजना गर्न नपाउने भएको छ। यूरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसको यूरो कप आयोजना गर्ने प्रस्ताव खारेज गरिदिएको हो। चालू सिजनमा युक्रेनमाथि आक्रमण गरेपछि रुसको राष्ट्रिय टोली र क्लबहरुलाई युएफएले यूरोपियन प्रतियोगितामा प्रतिबन्ध लगाएको छ।

National life

सोही क्रममा विश्वकप छनोटको प्लेअप खेल्नबाट समेत रुसलाई प्रतिबन्ध लगाइएको थियो। रुसले यसअघि २०२८ मा युरोकप आयोजना बेलायत र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्ने बताएको थियो। यस्तै टर्कीले पनि प्रतियोगिता आयोजना गर्न इच्छुक रहेको बताएको थियो। तर, युईएफए कार्यकारी समितिले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘यूईएफए कार्यकारी समितिले यूरो २०२८ वा  यूरो २०३२ को आयोजना गर्न रुसको फुटबल संघले गरेको प्रस्तावलाई खारेज गरेको छ।’

यस्तै युईएफए कार्यकारी समितिले अर्को सुचना नआएसम्मका लागि रुसको राष्ट्रिय टोली र क्लबहरुलाई युईएफएले सञ्चालन गर्ने प्रतियोगिताहरुमा भाग लिनबाट निलम्बन गर्ने निर्णय थप लम्बाएको छ। यो प्रतिबन्ध २०२२–२३ को सिजनसम्म लम्बाउने निर्णय युईएफएले गरेको हो। 

चालू सिजनको च्याम्पियन्स लिगको फाइनल रुसमा हुने तय गरिएको थियो। तर, रुसले युक्रेन माथि हमला गरेपछि रुसले फाइनल आयोजना गर्ने अधिकार गुमाएको थियो। अब च्याम्पियन्स लिगको फाइनल स्टेड डे फ्रान्समा हुने छ। 

रुसका क्लबलहरुलाई यूरोपियन फुटबलमा प्रतिबन्ध लगाउने युईएफएको निर्णयले आगामी सिजनमा स्कटिस फुटबललाई फाइदा पुग्नेछ। किनकी  स्कटिस  प्रिमियरशिपको विजेता च्याम्पियन्स लिगको समूह चरणको लागि स्वत छनौट हुनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 03, 2022| 11:29 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।