बिहीबार, मंसिर ४, २०८२

डोल्पाका दुई गाउँपालिकामा नेकपा (एस) का अध्यक्ष निर्विरोध

– हिमाली जिल्ला डोल्पामा दुईजना गाउँपालिका अध्यक्ष निर्विरोध निर्वाचित भएका छन्।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

काठमाडौं– हिमाली जिल्ला डोल्पामा दुईजना गाउँपालिका अध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार रहेका काइके गाउँपालिका र छार्काताङसोङ गाउँपालिकामा अध्यक्ष निर्विरोध भएका हुन्।

National life

दुई गाउँपालिकाका अध्यक्षमा र डोल्पोबुद्ध गाउँपालिका उपाध्यक्षमा एकीकृत समाजवादीबाट एकल उम्मेदवारी परेको थियो।

काइके गाउँपालिका अध्यक्षमा अंगतकुमार राना निर्विरोध भएका छन्। छार्काताङसोङ गाउँपालिका अध्यक्षमा सेनाङ गुरूङ निर्विरोध भए भने डोल्पोबुद्धको उपाध्यक्षमा पेमा वाङ्जु गुरूङ निर्विरोध भइन्।

अध्यक्ष निर्विरोध भएका राना र गुरूङले ०७४ को स्थानीय चुनावमा पनि अध्यक्ष जितेका थिए। उनीहरू हालै नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा गएका हुन्।

साथै काइके ७ को वडाध्यक्षमा रामचन्द्र रोकाया, डोल्पोबुद्ध गाउँपालिका ४ का वडाध्यक्षमा लावाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका ६ को वडा अध्यक्षमा नर्बु गुरुङ, छार्काताङसोङ ५ मा साङ्बो गुरुङ र छार्का ३ मा वाङ्जु गुरुङ वडाध्यक्षमा निर्विरोध भएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 03, 2022| 10:44 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।