बुधबार, वैशाख १६, २०८३

रागनिकको प्रशिक्षणमा युनाइटेडको ठूलो जित

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक राल्फ रागनिकले म्यानचेस्टर युनाइटेबाट ब्रेन्टफर्डविरुद्ध ३–० को जित निकालेका छन्।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

काठमाडौं– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक राल्फ रागनिकले म्यानचेस्टर युनाइटेबाट ब्रेन्टफर्डविरुद्ध ३–० को जित निकालेका छन्। युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफार्डमा सम्पन्न खेलमा युनाइटेडले जित निकालेको हो।

National life

ईपीएलमा चौँथौ स्थानका लागि संघर्ष गरिरहेको युनाइटेडले त्यो स्थान पाउने सम्भावना भने लगभग सकिएको छ। तर उसले अन्तिममा जित निकाल्दै सुखद अन्त्यको तयारी भने गरेको छ। त्यस्तै, अन्तरिम प्रशिक्षक रागनिको यो अन्तिम होम गेम पनि हो। या सिजन सकिएसँगै मुख्य प्रशिक्षकमा उनको कार्यकाल पनि सकिने छ।

युनाइटेडको प्रशिक्षकमा राल्फ लागनिक नियुक्त भएपछि युनाइटेडले निकोलेको यो ठूलो जितसमेत हो। युनाइटेडको अन्तिम होम गेममा उसले जित निकालेको हो। जितको क्रममा ब्रुनो फर्नान्डेसले सानदार ओपनिङ गोल गरेका थिए।

दोस्रो हाफमा युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो। सो अवसरमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए। त्यस्तै, राफेल वारानले पनि युनाइटेडबाट पहिलो गोल गरेका छन्। डिफेन्डर वारानले टेलेसले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।

यो जितसँगै युनायटेडले ३६ खेलबाट ५८ अंक जोडेको छ। चौथो स्थानको आर्सनलले भने ३४ खेलबाट ६३ अंक बनाइसकेको छ। त्यस्तै, ३४ खेलबाट ६१ अंक बनाएको टोटेनहम चाहिँ पाँचौँ स्थानमा छ।

kumari

चौथो स्थानका लागि अहिले टोटेनहम र आर्सनलको तीव्र प्रतिस्पर्धा छ। गए राति पराजित ब्रेन्टफर्ड भने ४० अंकका साथ १४ औं स्थानमा छ।

प्रकाशित: May 03, 2022| 08:35 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।