मंगलबार, फागुन १९, २०८२

आईपीएलमा राजस्थानको लगातार दोस्रो हार

इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले लगातार दोस्रो हार बेहोरेको छ।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले लगातार दोस्रो हार बेहोरेको छ। सुरुआतबाटै राम्रो प्रदर्शन गरिरहेको राजस्थानले लिगको आठौं खेलसम्म दुईमात्र हारको सामना गरेको थियो। तर लिगको नवौं र १० औं खेलमा राजस्थानले लगातार दुई हार बेहोरेको हो।

नवौं खेलमा राजस्थानले मुम्बइसँग हार बेहोरेको थियो भने १० औं खेलमा उसले कोलकत्ता नाइट राइडर्ससँग सात विकेटको हार बेहोरेको हो। वांखडे रंगशालामा सोमबार राति सम्पन्न भएको खेलमा राजस्थानले पुरा ओभर खेल्दै पाँच विकेट गुमाएर १५२ रन बनाएको थियो। जवाफमा कोलकत्ताले चार बल बाँकी रहँदै १५३ रनको लक्ष्य १५८ रन बनाएर पुरा गरेको थियो। त्यसक्रममा उसले मात्र तीन विकेट गुमायो।

कोलकत्ताको जितमा नितिश राना र रिंकु शर्माले अविजित ४८ र ४२ रन बनाएका थिए। उनीहरूले खेलको अन्तिममा ६६ रनको साझेदारी गर्दै कोलकत्तालाई जिताएका थिए। त्यस्तै, कप्तान श्रेयस अयरले पनि ३४ रनको योगदान दिए। त्यसक्रममा राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्ण र कुलदिप सेनले समान १–१ विकेट लिए।

त्यसअघि, पहिलो पारीमा राजस्थानमा सन्जु समसनले सर्वाधिक ५४ रन बनाए भने सिमरन हेत्मायरले अविजित २७ रनको योगदान दिए। राजस्थानलाई १५२ रनमा समेट्ने क्रममा टिम साउथीले दुई विकेट गिराएका थिए।

यो जितसँगै कोलकत्ताले १० खेलबाट ८ अंक बनाएको छ। ऊ अहिले तालिकाको सातौं स्थानमा छ। त्यस्तै १२ अंक भएको राजस्थान तेस्रो स्थानमा छ।

kumari

तालिकाको शीर्षस्थानमा रहेको गुजरातको १६ अंक छ भने दोस्रो स्थानको लखनौको १४ अंक छ। आईपीएलमा यी दुई टिमले यो वर्ष मात्र डेब्यु गरेका हुन्।

प्रकाशित: May 03, 2022| 08:15 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।