शनिबार, वैशाख २२, २०८१

गगनको क्षेत्रमा स्थानीय निर्वाचन जित्‍न कांग्रेसलाई कति सहज?

वडा सदस्यमा तालमेल मिलाएर समाजवादी र माओवादीका तल्ला तहका कार्यकर्ताले मेयर-उपमेयरमा कांग्रेसलाई नै भोट हाल्ने वातावरण मिलाइएको ती नेताको दाबी छ। यही ‘गुपचुप’ सहमतिलाई कांग्रेसले जित्‍ने आधार बनाएको देखिन्छ।
 |  मंगलबार, वैशाख २०, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

मंगलबार, वैशाख २०, २०७९

काठमाडौं- मतदानको मिति नजिकिएसँगै संघीय राजधानी काठमाडौंमा चुनावी चटारो बढेको छ। एक महानगरपालिकासहित १० नगरपालिका रहेको काठमाडौंमा सबै दलले घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन्। सांसदसमेत रहेका कांग्रेस महामन्त्री गगन थापाको क्षेत्रमा पर्ने बुढानिलकण्ठ नगरपालिकामा पनि सबै दलहरुले प्रचारप्रसार आक्रामक बनाएका छन्। 

triton college

बुढानिलकण्ठ नगरपालिकाको चुनावी माहोल हेर्दा दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ। एकीकृत समाजवादी, माओवादी र स्वतन्त्र उम्मेदवारले जित्‍ने सम्भावना न्यून रहे पनि एमाले र कांग्रेसको मत काट्ने देखिन्छ।

बुढानिलकण्ठमा यसपटक मेयरको लागि कांग्रेसबाट विनोद चालिसे, एमालेबाट मिठाराम अधिकारी, एकीकृत समाजवादीबाट बालकृष्ण श्रेष्ठ, माओवादीबाट मेयरमा डम्बर अधिकारी र स्वतन्त्र (लौरो चिन्ह) लिएर सुमित खरेल चुनावी मैदानमा छन्। त्यस्तै, उपमेयरमा कांग्रेसबाट रमा राई, एमालेबाट अनिता लामा, एकीकृत समाजवादीबाट प्रमिला सापकोटा र माओवादीबाट कमला गौतम प्रतिस्पर्धामा छन्।

कांग्रेस महामन्त्री गगन थापाको क्षेत्रभित्र पर्ने भए पनि यो नगरपालिकामा आजसम्म कांग्रेसले जितेको इतिहास छैन। यसअघिको स्थानीय चुनावमा पनि नेपाली कांग्रेसका राजु श्रेष्ठलाई चार हजार बढी मतान्तरले पराजित गर्दै एमालेका उद्धब खरेल मेयरमा विजयी भएका थिए। खरेलले १३ हजार २४६ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ८ हजार ९२७ मत पाएका थिए।

त्यस्तै, उपमेयरमा एमालेकै रमा राई विजयी भएकी थिइन्। उनले १३ हजार १८८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शुभद्रा खड्काले ९ हजार ७६८ मत ल्याएकी थिइन्। अघिल्लो चुनावमा नगरपालिकाभरीमा कांग्रेसले जम्मा ०४ र ०६ नम्बर वडामात्र जितेको थियो । त्यो पनि गगन थापाको नभएर क्षेत्र नम्बर ०५ भित्र पर्छ। 

corrent noodles
Metro Mart
 वडा सदस्यमा तालमेल मिलाएर समाजवादी र माओवादीका तल्ला तहका कार्यकर्ताले मेयर-उपमेयरमा कांग्रेसलाई नै भोट हाल्ने वातावरण मिलाइएको ती नेताको दाबी छ। यही ‘गुपचुप’ सहमतिलाई कांग्रेसले जित्‍ने आधार बनाएको देखिन्छ।

गगन थापाको क्षेत्रमा पर्ने वडाहरुमा भने कांग्रेस आफैं कमजोर देखिन्छ। बुढानिलकण्ठ कांग्रेसका तर्फबाट चुनाव प्रचारप्रसारको संयोजक रहेका बद्री भट्टराई गगन थापा आउनुभन्दा अघि उक्त क्षेत्रमा कांग्रेस अहिलेको भन्दा कमजोर रहेको बताउँछन्। ‘बरु गगन थापा आएर केही बढ्यो। नत्र झन कमजोर थियो, यहाँ कांग्रेस, बरु अहिले बढ्न थालेको छ,’ उनले भने।

त्यसैले कांग्रेस यसपटक जसरी पनि बुढानिलकण्ठ जित्‍नुपर्ने दबाबमा छ। यसको लागि कांग्रेसले १७ गतेबाट घरदैलो अभियान सुरु गरिसकेको छ। निर्वाचन समिति नै बनाएर प्रचारप्रसारमा खटिएको छ।

यसपटकको चुनावमा एकीकृत समाजवादी र माओवादीले पनि सहयोग गर्ने भएकोले जित्‍ने विश्वास कांग्रेसको छ। यद्यपि, यो नगरपालिकामा तल्लो तहमामात्र सत्ताघटक दलको तालमेल भएको पाइन्छ। मेयर र उपमेयरमा भने सबै दलले आआफ्नो छुट्टाछुट्टै उम्मेदवार उठाएका छन्। 

मेयर-उपमेयरमा गठबन्धन नगरे पनि वडा तहमा सत्ताधारी पार्टीले तालमेल गरेको देखिन्छ। जस्तो- १० नम्बर वडा र १३ नम्बर वडामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको तालमेल छ। जनसंख्याको हिसाबले ठूलो १० नम्बर वडामा कांग्रेसबाट वडाध्यक्ष, दुई सदस्य र समाजवादीबाट २ सदस्य उठाएर तालमेल गरिएको छ। 

१३ नम्बरमा गठबन्धनले कांग्रेसको वडाध्यक्षसहित २ सदस्य र माओवादीको २ जना सदस्य उठाएको छ। एमालेको आधार क्षेत्र रहेकोले पनि यी वडामा तालमेल गर्न कांग्रेस बाध्य भएको एमाले नेता नवराज भट्टराई बताउँछन्। यी बाहेकका अन्य वडामा भने सदस्यहरुमा तालमेल गरिएको कांग्रेसका बद्री भट्टराई बताउँछन्।

बाहिरबाट हेर्दा त्यस्तो तालमेल नदेखिए पनि भित्रीरुपमा अन्य दलका तल्लो तहको नेतासँग सहमति भइसकेको कांग्रेसकै एक नेताले नेपाल समयलाई बताए। वडा सदस्यमा तालमेल मिलाएर समाजवादी र माओवादीका तल्ला तहका कार्यकर्ताले मेयर-उपमेयरमा कांग्रेसलाई नै भोट हाल्ने वातावरण मिलाइएको ती नेताको दाबी छ। यही ‘गुपचुप’ सहमतिलाई कांग्रेसले जित्‍ने आधार बनाएको देखिन्छ।

यसअघि दुईवटा वडामात्र जिते पनि यो पटक काठमाडौं क्षेत्र नम्बर ५ भित्र पर्ने पाँचवटै वडा जित्‍नेमा कांग्रेस ढुक्क देखिन्छ। यी बाहेकका वडाबाट पनि अन्य उम्मेदवारले एमालेको भोट काट्ने भएकोले पनि जित्‍नसक्ने विश्वास कांग्रेसको छ। जस्तो, वडा नम्बर ३ बाट आकाश धितालले एमालेको धेरै मत काट्ने कांग्रेसको लेखाजोखा छ। 

०००

यसअघि करीब ४ हजार मतले विजयी भएको एमाले पनि कांग्रेसलाई नै आफ्नो मुख्य प्रतिस्पर्धी ठान्छ। एकीकृत समाजवादी, माओवादी र स्वतन्त्र उम्मेदवारले कांग्रेसको भोट काट्ने आँकलन गरेको एमाले बुढानिलकण्ठको मेयर आफ्नो हातमा ल्याउनेमा आत्मविश्वासी देखिन्छ।

जबकी कांग्रेस पनि अन्य उम्मेदवारले एमालेको मत काट्ने हिसाबकिताब गरेर बसिरहेको छ। कसले कसको कति मत काट्छ भनेर यकिन साथ नसकिए पनि बुढानिलकण्ठमा अन्तत: कांग्रेस एमालेबीच नै चर्को प्रतिस्पर्धा बुढानिलकण्ठमा हुने देखिएको छ। 

वडा नम्बर १० को उम्मेदवारसमेत रहेका एमाले नेता नवराज भट्टराईकाअनुसार बुढानिलकण्ठमा नेकपा एमालेबाट मेयरको आकांक्षीमा बहालवाला मेयर उद्धब खरेल, अहिले टिकट लिएका मिठाराम अधिकारी, विदुर बिक्रम खड्का, जयराम थापा र बहालवाला उपमेयर रामादेवी राई थिए। 

ती मध्येबाट मिठाराम अधिकारी र उपमेयरमा अनिता लामाले टिकट पाएका हुन्। जो बुढानिलकण्ठ क्षेत्रमा प्रभावशाली रहेको उनको दाबी छ।

अर्कोतर्फ, सत्ता गठबन्धन बाहिर भनेजस्तो बुढानिलकण्ठमा हुन नसकेकोले पनि सहजै जित्नसक्ने आकलन गरिएको भट्टराईले बताए। ‘बुढानिलकण्ठमा गठबन्धन हुन सकेन। केही वडामा तालमेल मात्र भएको स्थिति छ। त्यो पनि प्रभावकारी देखिएकोले राम्रै मत ल्याएर हामीले जित्छौँ,’ उनले दाबी गरे।

विशेषगरी ८ नम्बर वडामा भने पुरानो बर्चस्व कायम राख्‍नेगरी एमालेले काम गरिरहेको भट्टराईले बताए। यसअघि कांग्रेसले जितेको वडा नम्बर ०४ र ०६ चाहीँ एमालेलाई गाह्रै पर्ने  स्थिति देखिएको उनको भनाइ छ। यसबाहेक सबै वडामा चाहीँ नेतृत्व गर्नेमा एमाले विश्वस्त देखिन्छ। 

यस्तै, भुगोलको हिसाबले समाजवादीका मेयर उम्मेदवार बालकृष्ण श्रेष्ठले पनि राम्रै मत काट्ने देखिन्छ। श्रेष्ठ ०५४ सालमा पनि विष्णु  बुढानिलकण्ठ गाविसको अध्यक्ष भइसकेका छन् भने यसअघिको निर्वाचनमा ०३ नम्बरमा वडाध्यक्ष जितिसकेका छन्। त्यसैले साबिकको विष्णु  बुढानिलकण्ठको मत उनले काट्ने देखिन्छ। यो क्षेत्र कांग्रेस नेता नरहरी आचार्यको क्षेत्रभित्र पनि पर्ने भएकोले श्रेष्ठले विशेषगरी कांग्रेसकै मत बेसी काट्ने आँकलन गरिएको छ। एमालेलाई पनि समाजवादी फुटेर गएकोले पहिलाको भन्दा यो चुनाव चुनौतीपूर्ण नै देखिन्छ। 

स्वतन्त्र उम्मेदवार सुमित खरेलले पनि मत काट्ने केहीको आँकलन छन्। यसअघि उद्धब खरेलको सचिवालयमा रहेर काम गरिसकेका उनी लौरो चुनाव चिन्ह लिएर प्रचारप्रसारमा होमिएका छन्।

प्रकाशित: May 03, 2022| 07:36 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...