आइतबार, मंसिर ७, २०८२

यू–१९ महिला विश्वकप छनोट खेल्ने नेपाली टिम घोषणा

यू १९ महिला विश्वकप छनोट खेल्ने नेपाली टिम घोषणा भएको छ। नेपालको यू १९ महिला टिमको घोषणा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं- यू १९ महिला विश्वकप छनोट खेल्ने नेपाली टिम घोषणा भएको छ। नेपालको यू १९ महिला टिमको घोषणा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो।

National life

क्रिकेट संघले विश्वकपको छनोट खेल्नुअघि धनगढीमा यू–१९ महिला क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो। सो प्रतियोगितापछि क्यानले गएको बैसाख ८ गते ४४ खेलाडीलाई सुरुआति बन्द प्रशिक्षणमा बोलाएको थियो।

गत वैशाख ११ बाट पोखरामा प्रशिक्षण सुरु भएको थियो। त्यसपछिको छनोटमा क्यानले १८ खेलाडीको नाम सार्वजनिक गरेको हो।

यी हुन् छनोट भएका खेलाडीः

किरण कुँवर, सोनु राजवंशी, टिका शाह, सृष्टि धामी, सावित्री धामी, अलिशा यादव, रञ्जु श्रेष्ठ, अञ्जली बि. के, हिरणमयी रोय,  अलिशा खाडिया, कृतिका मरासानी, मिनिषा उपाध्याय, स्नेहा महरा, निसा शाह, मिनिषा राना मगर, प्रतिमा शाह, ज्योतिस्का मरासानी र मनिषा चौधरी।

Laxmi sunrise bank
kumari

यू–१९ महिला विश्वकप अर्को वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक आयोजना हुँदैछ। आईसीसीको क्यालेन्डरमा अघिल्लो वर्ष नै आयोजना हुनुपर्ने प्रतियोगिता कोभिड १९ को महामारीका कारण पछि सरेको हो।

प्रतियोगितामा १६ देशको सहभागिता हुनेछ भने ४१ खेल हुनेछन्। यो छनोटअन्तर्गत नेपालको समूहमा मलेसिया, संयुक्त अरब इमिरेट्स, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन्। छनोट खेल जुन ४ तारिखबाट हुनेछ।

प्रकाशित: May 02, 2022| 19:36 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।