शनिबार, मंसिर १३, २०८२

गुरुङद्वारा उपमेयरको गाडी एम्बुलेन्स बनाउने घोषणा

गठबन्धनका तर्फबाट बुटवल उपमहानगरको उपमेयरका उम्मेद्वार चिनबहादुर गुरुङले उपमेयरको गाडी अशक्त र असायका लागि एम्बुलेन्सका रुपमा प्रयोग गर्ने घोषणा गरेका छन्।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

बुटवल- गठबन्धनका तर्फबाट बुटवल उपमहानगरको उपमेयरका उम्मेदवार चिनबहादुर गुरुङले उपमेयरको गाडी अशक्त र असायका लागि एम्बुलेन्सका रुपमा प्रयोग गर्ने घोषणा गरेका छन्।

National life

जनप्रतिनिधि सेवा सुविधा मुखी भएको भन्दै मतदाताहरुसँगको भेटमा प्रतिक्रिया आएको बताउँदै उपमेयरका उम्मेदवार गुरुङले आफूले उपमेयरको गाडी व्यक्तिगत रुपमा प्रयोग नगर्ने घोषणा गरेका हुन्। गुरुङले उपमेयरका लागि प्रयोग हुने गाडी जेष्ठ नागरिक,गर्भवती महिला, वालबालिका तथा विपन्न समुदायका लागि निशुल्क रुपमा प्रयोग हुने गरि एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याउने प्रतिबद्धता गरेका हुन्।

‘म २०५४ सालदेखि जनप्रतिनिधिका रुपमा बुटवलबासीको सेवामा समर्पित छु, म सुविधाका लागि त्यहाँ पुग्न लागेको होइन,’ उनले भने, 'त्यसैले मैलै व्यक्तिगत रुपमा आफ्नै गाडी चढ्नेछु।’

नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश कमिटिका सदस्य, एंव बुटवल नगरका अध्यक्ष समेत रहेका गुरुङले बुटवलको विकासमा समर्पण हुने बताए।

उनले बुटवल उपमहानगरलाई न्याय, समानता र समुन्नतीको शहर बनाउनका लागि नितिगत, कार्यक्रम र बजेटका हिसाबले प्राथमिककतामा राखेर काम गर्ने बताए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 02, 2022| 19:31 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।