बुधबार, फागुन २०, २०८२

भलिबल क्लब लिगमा हेल्प नेपाल र आर्मीको जित

सात टिम सहभागी भएको पुरुषतर्फको खेलमा हेल्प नेपालले ढोरपाटन स्पोट्स क्लबलाई ३-० को सोझो सेटमा हराएको हो। टिप टम हेल्प नेपाल र ढोरपाटन स्पोट्स क्लबको खेलमा हेल्प नेपालले २५–२१, २७–२५ र २५–२० को सेटमा जित निकालेको हो।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं- छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगको दोस्रो दिनको खेलमा टिप टप हेल्प नेपाल र विभागीय क्लब त्रिभुवन आर्मी क्लबले जित निकालेका छन्।

सात टिम सहभागी भएको पुरुषतर्फको खेलमा हेल्प नेपालले ढोरपाटन स्पोट्स क्लबलाई ३-० को सोझो सेटमा हराएको हो। टिप टप हेल्प नेपाल र ढोरपाटन स्पोट्स क्लबको खेलमा हेल्प नेपालले २५–२१, २७–२५ र २५–२० को सेटमा जित निकालेको हो।

त्यस्तै, अर्को खेलमा यस्तै पुरुषतर्फ पनि सेनाले जित निकाल्यो। सेनाले गण्डकी प्रदेश भलिबल क्लबलाई २५–१९, २५–८, २५–१८ ले जित निकाल्दै ६ अंकका साथ अग्रस्थानमा रहन सफल भयो। प्रतियोगिताको पहिलो दिन पनि सेनाले अर्को विभागिय टोली एपीएफलाई २५–२३, २५–१८, २५–२२ ले पराजित गर्दै ३ अंक जोडेको थियो।

लिगमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुवै टिमले सोमबार सफलता हात पारेका छन्। प्रतियोगिताको महिलातर्फ सेनाले एभरेष्ट भलिबल क्लब, रुपन्देहीमाथि २५–१९, २५–७, २५–१८ को जित निकालेको हो। यो जितसँगै आर्मीमो महिला टिमले आफ्नो खातामा तीन अंक जोड्न सफल भएको छ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतियोगिताको महिलातर्फ विभागीय टोली पुलिस क्लबले अर्को विभागीय टोली एपीएफलाई २५–२०, २५–२३, १७–२५ र २५–१६ ले पराजित गर्दै ३ अंक जोड्न सफल भयो।

kumari

प्रकाशित: May 02, 2022| 18:53 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।