बुधबार, चैत ४, २०८२

शरीरका लागि किन आवश्यक छ भिटामिन-ए?

भिटामिन ए आँखा, प्रतिरक्षा प्रणाली, प्रजनन र छाला स्वास्थ्य सहित अन्य धेरै शारीरिक कार्यहरुको लागि महत्त्वपूर्ण छ।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

काठमाडौं- शरीरलाई राम्रोसँग काम गर्न दिनहुँ विभिन्न प्रकारका पोषक तत्वहरु चाहिन्छ। सामान्यतया: प्रोटिन, भिटामिन सी, डी जस्ता पोषक तत्वहरुको आवश्यकतालाई बुझेर हामीले आहारको माध्यमबाट उपभोग गर्छौ तर अन्य धेरै आवश्यक पोषक तत्वहरुको उपभोग गर्न बिर्सन्छौं। भिटामिन ए यस्तो आवश्यक पोषक तत्व हो जसको कमीले शरीरमा धेरै समस्या निम्त्याउन सक्छ।

National life

भिटामिन ए आँखा, प्रतिरक्षा प्रणाली, प्रजनन र छाला स्वास्थ्य सहित अन्य धेरै शारीरिक कार्यहरुको लागि महत्त्वपूर्ण छ।

यो भिटामिन वयस्क पुरुषलाई दैनिक नौ सय माइक्रोग्राम र वयस्क महिलालाई सात सय माइक्रोग्राम दैनिक आवश्यक पर्छ। यस भिटामिनको कमीका घटनाहरु प्रायः गर्भवती महिलाहरु, स्तनपान गराउने आमाहरु, शिशुहरु र बालबालिकाहरुमा देखिन्छन्। यसको कमी भएका मानिसहरुलाई सिस्टिक फाइब्रोसिस र क्रोनिक डायरिया जस्ता समस्याहरु हुन सक्छन्।

छालामा समस्या

भिटामिन ए छाला कोशिकाहरु निर्माण गर्न र तिनिहरुलाई स्वस्थ राख्न महत्त्वपूर्ण छ। पर्याप्त भिटामिन ए नपाएका मानिसहरुमा एक्जिमा, छाला सुख्खा हुने, चिलाउने र सुन्निने समस्या हुन सक्छ। 

Laxmi sunrise bank
kumari

आँखा सुख्खा हुने समस्या

भिटामिन ए को कमीले आँखा सुख्खा हुने समस्यालाई पनि बढाउँछ। यसमा कमी भएका व्यक्तिहरुलाई कमजोर दृष्टि वा अन्य कोर्नियल समस्याहरुको उच्च जोखिम हुन सक्छ।

आँखा सुख्खा हुने समस्यामा आँखामा आँसु कम हुने भएकाले रातो हुने, पोल्ने र समस्या हुन सक्छ । भारत, अफ्रिका र दक्षिणपूर्वी एसियाका साना बालबालिका, जसमा आफ्नो आहारमा भिटामिन ए को कमी हुन्छ, आँखा सुख्खा हुने खतरा बढी हुन्छ।

मानव शरीरको उचित विकासमा असर

पर्याप्त मात्रामा भिटामिन ए नपाउने बालबालिकाको वृद्धिमा बाधा पुग्न सक्छ। भिटामिन ए मानव शरीरको उचित विकासको लागि आवश्यक छ।

भिटामिन ए पूरकहरु कोशिकाहरुलाई स्वस्थ राख्न र बच्चाहरूको वृद्धि बढाउनका लागि लाभदायक हुन सक्छ तर तिनीहरु डाक्टरको सल्लाहमा मात्र लिनुपर्छ।

भिटामिन ए कसरी प्राप्त गर्ने?

यो अत्यावश्यक भिटामिन दैनिक आहार मार्फत सेवन गर्न ध्यान दिन आवश्यक छ। तपाईले आफ्नो आहारमा बीटा क्यारोटिन युक्त चीजहरू समावेश गर्न सक्नुहुन्छ।

यस भिटामिनको राम्रो मात्रा हरियो (पातदार) तरकारीहरु जस्तै पालक, गाजर, मीठो आलु, पहेंलो फलहरु जस्तै आँप, मेवामा पाइन्छ। यो भिटामिन टमाटर, अण्डा र दूधबाट पनि प्राप्त गर्न सकिन्छ। 

- अमरउजालाबाट

प्रकाशित: May 03, 2022| 06:23 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्