सोमबार, असार २३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सोह्रौं धर्मश्री शारीरिक सुगठन वैशाख २३ गतेबाट, विजेतालाई १० लाख पुरस्कार

सोह्रौं धर्मश्री शारीरिक सुगठन वैशाख २३ गतेबाट, विजेतालाई १० लाख पुरस्कार

नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्री शारीरिक सुगठन यही वैशाख २३ गर २४ गते काठमाडौंमा आयोजना हुने भएको छ।
 |  सोमबार, वैशाख १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

vianetvianet

काठमाडौं– नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्री शारीरिक सुगठन यही वैशाख २३ गर २४ गते काठमाडौंमा आयोजना हुने भएको छ। आयोजक ब्यायाम मन्दिरले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको समेत आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएका छन्। प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाले मुख्य प्रायोजन गर्ने भएको छ। पत्रकार सम्मेलनमा आयोजक नेपाल ब्यायाम मन्दिरले काठमाडौं महानगरपालिकाले धर्मश्रीको लागि मुख्य प्रायोजन गर्ने जानकारी गराएको हो। यस्तै अन्य विभिन्न संघ संस्थाले पनि प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

खेलकुद क्षेत्रमा नेपालकै सबैभन्दा पुरानो संस्था व्यायाम मन्दिरले आयोजना गरेको यो प्रतियोगिताको विजेताले नगद १० लाख प्राप्त गर्नेछन्। खेलकुदको क्षेत्रमा ब्यक्तिगत विधातर्फ यो नै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिता हो। यसअघिको संस्करणमा बिजेताको पुरस्कार ५ लाख रहेको थियो।

२०१० सालमा स्थापित ब्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२ सालदेखि धर्मश्री प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ।

प्रकाशित: May 02, 2022| 18:07 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।