मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • बाहिरिएका १० खेलाडीले भने– एन्फाका पदाधिकारीको पनि अनावश्यक प्रतिक्रिया

बाहिरिएका १० खेलाडीले भने– एन्फाका पदाधिकारीको पनि अनावश्यक प्रतिक्रिया

राष्ट्रिय फुटबल टिमबाट बाहिरिएका १० जना खेलाडीहरुले आफूहरुले किन राष्ट्रिय टिमको बन्द प्रशिक्षण छोडेको भन्ने विषयमा एन्फालाई प्रस्टीकरणसहितको पत्र लेखेका छन्।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं– राष्ट्रिय फुटबल टिमबाट बाहिरिएका १० जना खेलाडीहरुले आफूहरुले किन राष्ट्रिय टिमको बन्द प्रशिक्षण छोडेको भन्ने विषयमा एन्फालाई प्रस्टीकरणसहितको पत्र लेखेका छन्। उनीहरुले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारका कारण नै बन्द प्रशिक्षण छोडेको विषय एन्फालाई लेखेको पत्रमा पनि उल्लेख गरेका छन्। 

त्यस्तै, खेलाडीले पत्रमा एन्फाकै पदाधिकारीले सार्वजनिक रुपमा आफूहरुविरुद्ध आनावश्यक प्रतिक्रिया दिएका कारण दुःखी भएको पनि बताएका छन्। उनीहरुले भनेका छन्, ‘हामीले आफ्नो बारेमा व्यवस्थापनसँग पटक पटक कुरा राख्दासमेत नेतृत्वबाट उचित सम्बोधन नभएको र पछिल्लो घटनामा व्यवस्थापनको चरम लापरबाहीबारे ध्यानाकर्षण गराउन चाहन्छौं।’

उनीहरुले एन्फा नेतृत्वसँग मौखिक छलफलको प्रयास गरे पनि त्यो असफल भएको पत्रमा जनाएका छन्। त्यस्तै, बन्द प्रशिक्षणबाट भागेको भन्ने सन्दर्भमा पनि खेलाडीले आफ्नो राय प्रतुत गरेका छन्। उनीहरुले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी, सहायक प्रशिक्षक किरण श्रेष्ठ, गोलरक्षक प्रशिक्षक विकास मल्ल र सहायक व्यवस्थापक कृष्णभक्त मानन्धरलाई जानकारी गराएको बताएका छन्।

बसोवासको व्यवस्थापनको विषयबाट विवाद सुरु भएपछि एक हप्ताअघि राष्ट्रिय टिमका रोहित चन्दसहित विशाल राई, अनन्त तामाङ, सुजल श्रेष्ठ, देवेन्द्र तामाङ, विमल घर्ती मगर, अन्जन विष्ट, विशाल श्रेष्ठ बन्द प्रशिक्षणबाट बाहिरिएका थिए।

त्यसपछि एन्फाले प्रशिक्षक अब्दुल्लाहलाई यसबारे स्पष्ट पार्न भनेको थियो। अलमुताइरीले भने खेलाडीको गल्ती गरे पनि आफूले माफी दिएको बताएका छन्। त्यसमा थप्दै उनले बाहिरिएका खेलाडीलाई फेरि नबोलाउने र एसियाली खेलकुदको छनोटमा सहभागी नगराउने पनि बताएका छन्।

kumari

यो विषयमा फुटबल खेलाडी संघले पनि एन्फालाई पत्र लेख्दै घटनाको उचित समाधान खोज्न अनुरोध गरेको छ। खेलाडी संघले पनि खेलाडीबारे गलत टिप्पणी भइरहेको कुरा बताएको छ।


प्रकाशित: May 02, 2022| 16:43 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।