मंगलबार, फागुन १९, २०८२

नेपाल र जिम्बावेबीचको खेल वर्षाका कारण स्थगित

नेपाल र जिम्बावेबीचको खेल प्रभावित बनेको छ।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं– नेपाल र जिम्बावेबीचको खेल प्रभावित बनेको छ। सोमबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलको पाँचौं ओभर चलिरहेको अवस्थामा वर्षा सुरु भएपछि खेल केही समयका लागि रोकिएको थियो। करिब आधा घण्टापछि खेल सुरु हुने अवस्था आएपछि पुनः खेल सुरु भएको थियो।

तर, दुई ओभर घटाएर २ः२० मा खेल सुरु गर्ने भनिए पनि सोही समयमा पुनः वर्षा सुरु भएको थियो। त्यसपछि खेल स्थगित भएको हो।

यसअघि पनि सिरिजको पहिलो खेल स्थगित भएको थियो। पहिलो खेल नै स्थगित भएपछि नेपाल क्रिकेट संघ क्यानले शृंखलाको फर्म्याट नै बदलेर पहिले टी २० त्यसपछि मात्र एक दिवसीय प्रतियोगिता आयोजना गरेको थियो।

टी २० को पहिलो खेलमा नेपालले जिम्बावेसँग छ विकेटको हार बेहोरिसकेको छ।

आजको खेलमा पनि टस जितेर बलिङ गरिरहेको नेपालविरुद्ध जिम्बावेले चार ओभर तीन बलमा दुई विकेट गुमाएर ४८ रन बनाएको थियो।

kumari

प्रकाशित: May 02, 2022| 14:58 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।