आइतबार, मंसिर ७, २०८२

फर्किए फाति मैदानमा

बार्सिलोनाका १९ वर्षे स्पेनिस स्ट्राइकर अन्सु फाति मैदानमा फर्किएका छन्।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं– बार्सिलोनाका १९ वर्षे स्पेनिस स्ट्राइकर अन्सु फाति मैदानमा फर्किएका छन्। लामो समयसम्म घुँडाको चोटका कारण मैदान बाहिर रहेका फाति आज राति भएको स्पेनिस ला लिगामा बार्सिलोना र मालाकोराबीचको खेलमा मैदान फर्किएका हुन्। 

National life

फाति फर्किएको खेल बार्सिलोनाले २–१ गोल अन्तरले जित्यो र आफूलाई लिग तालिकाको दोस्रो स्थानमा फर्काएको छ।

गत वर्षको नोभेम्बरमा चोटग्रस्त भएका फाति बार्सिलोनाका लागि आफ्ना पूर्वकप्तान लियोनल मेस्सीपछिको जर्सि नम्बर १० लगाइरहेका छन्। नोभेम्बर २०२० मा घुँडाको चोटका कारण फातिलाई धेरै अवरोधहरु आइपरेको छ, जसले गर्दा उनले पछिल्ला दुई सिजन निरन्तर खेल खेल्न सकिरहेका छैनन्।

सेप्टेम्बरमा फर्किएका फातिले केहि समय खेल्दा टिमका लागि महत्वपूर्ण खेलहरु जिताएका थिए, तर त्यसपछि उनको घुँडाको चोटको समस्या फेरि दोहोरिएपछि उनी फेरि मैदानबाट बाहिरिएका थिए।

प्रकाशित: May 02, 2022| 14:12 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।