आइतबार, मंसिर ७, २०८२

एनभिए लिगमा महिलातर्फ पुलिस र आर्मीको विजयी सुरुवात

छैटौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरूष क्लब लिग २०७९ मा सोमबार भएको महिलातर्फको खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन्। खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको हो।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– छैटौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरूष क्लब लिग २०७९ मा सोमबार भएको महिलातर्फको खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन्। खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको हो।

पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले एभरेष्ट भलिबल क्लबलाई २५–१९,२५–८,२५–१८ को सोझो सेटमा ३–० ले हराउँदै तालिकामा तीन अंक बटुलेको छ। खेलमा आर्मी हावी भएको थियो र सहजै नतिजा आफ्नो पोल्टामा पार्न सफल भएको हो।

त्यस्तै दोस्रो तथा अन्तिम खेलमा दुई विभागीय टिम नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच भएको थियो। जहाँ पुलिसले एपीएफ विरुद्ध २५–२०,२५–२३,१७–२५,२५–१६ को सेटमा ३–१ ले नतिजा आफ्नो पोल्टामा पारेको हो। प्रतिस्पर्धात्मक भएको खेलमा एपीएफले अन्तिम समयमा सम्हालिन नसक्दा खेलमा पराजित हुन पुगेको हो। नेपाल पुलिस क्लबले लिगमा तीन अंक जोडेको छ। महिलातर्फ पाँच टिम सहभागी भएको लिगमा आज दुई खेल मात्र भएको हो।

प्रकाशित: May 02, 2022| 14:00 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।