बिहीबार, असोज ३०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • चुनाव चिन्हमा असन्तुष्टि जनाउँदै धर्नामा बसे मेयरका उम्मेदवार

चुनाव चिन्हमा असन्तुष्टि जनाउँदै धर्नामा बसे मेयरका उम्मेदवार

जनकपुरमा एक उम्मेदवार निर्वाचन अधिकृतको कार्यालय अगाडि धर्ना बसेका छन्।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९
Kumaribank
Metro Mart

काठमाडौं– जनकपुरमा एक उम्मेदवार निर्वाचन अधिकृतको कार्यालय अगाडि धर्ना बसेका छन्। जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार उठेका मनोज साह मुख्य निर्वाचन अधिकृत कार्यालयमा धर्ना बसेका हुन्।

नेपाली कांग्रेसका नेता साह पार्टीले टिकट नदिएपछि बागी उठेका थिए। निर्वाचन आयोगले आफूलाई प्रदान गरेको चुनाव चिन्ह नमुना मतपत्र र वेबसाइटमा नराखिएको भन्दै उनले विरोध गरेका हुन्।

आफूले यसबारे कुरा राख्दा सुनुवाइ नभएपछि धर्ना बस्नुपरेको साहको भनाइ छ। निर्वाचन आयोगले भने स्वतन्त्र उम्मेदवार धेरै भएका ठाउँमा पुनः मतपत्र छपाइ गर्ने तयारी गरेको छ। आयोगले अनुमान गरेभन्दा धेरै संख्यामा उम्मेदवारी परेपछि केही जिल्लाका स्थानीय तहमा फेरि मतपत्र छपाइ गर्नुपरेको हो।


प्रकाशित: May 02, 2022| 12:38 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।