मंगलबार, असार ९, २०८३

आईजीपीको दर्ज्यानी चिन्ह लगाउने कार्यक्रममा कसले के भने?

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन्।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन्। सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

National life

कार्यक्रममा गृहसचिव पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा  सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको बताए।

उनले प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भए पनि प्रचलित कानुन र प्रहरी नियमावलीमा भएको व्यवस्थाअनुरुप नै महानिरीक्षकमा बढुवा गरिएको बताए। सचिव पाण्डेले एआईजीहरुमा सिंहमा सबै कार्यकुशलता देखेर नै निर्णय गरेको बताए। उनले सबै एआईजी २०४९ साल चैत १२ गतेको नियुक्ति भएकोले उनीहरुबाट नै कार्यकुशलता र नेतृत्व प्रदान गर्न सक्ने क्षमताका आधारमा सरकारले सिंहलाई महानिरीक्षक बनाएको स्पष्ट पारे।

सचिव पाण्डेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको अहिलेको जनशक्तिले आवश्यक्तालाई धान्न नसक्ने बताए। उनले अहिलेको आवश्यक्ता धान्न १ लाख नेपाल प्रहरी र न्यूनतम ५० हजार सशस्त्र प्रहरीको आवश्यकता रहेको बताए।

नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवम् पारदर्शी बनाई कर्मचारीहरुमा जवाफदेहिता बढाउने र अकर्मण्यतापूर्ण रुपमा निर्मूल गर्ने, भ्रष्टाचारको शून्य सहनशिलता कायम राख्ने कुरामा आफ्नो प्रतिवद्धता रहेको बताए।

Shivam cement

उनले अपराधिक तत्वसँगको साँठगाँठलाई निमिट्यान्न पार्ने र आफ्ना सहकर्मीहरुलाई साथमा लिई संगठन सुधारका कार्यहरु लागू गर्ने प्रतिवद्धतासमेत जनाए। महानिरीक्षक सिंहले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई सुरक्षित, भयरहित तवरबाट सम्पन्न गर्ने पनि बताए।

नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले स्थानीय तहको निर्वाचनमा प्रत्येक नागरिकले आफ्नो अधिकारको प्रयोग गर्न सक्ने निर्वाचन सुरक्षा योजनाअनुरुप प्रहरीको सम्पूर्ण श्रोत, साधनहरु प्रभावकारी रुपमा परिचालित हुने पनि स्पष्ट पारे।

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि आसन्न स्थानीय तहको निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण, मर्यादित तथा विश्वसनीय ढंगले सम्पन्न गर्न सशस्त्र प्रहरी बलले काम शुरु गरिसकेको बताए। उनले अहिलेको प्राथमिकता भनेकै स्थानीय तहको निर्वाचन भएकोले निर्वाचनको सुरक्षा र निष्पक्षताका लागि सशस्त्र प्रहरी बल तयार रहेको बताए।

प्रकाशित: May 02, 2022| 12:17 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...