आइतबार, मंसिर ७, २०८२

राष्ट्रिय भलिबलमा गण्डकीसँग ढोरपाटन पराजित

राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय भलिबल एसोसियसनको आयोजनामा आइतबारदेखि सुरु भएको छैटौं राष्ट्रिय महिला र पुरुष क्लब लिग भलिबलको पहिलो खेलमा गण्डकी प्रदेशले ढोरपाटनलाई (२५-१६, २३-२५, २५-१९, २६-२४) गर्दै ३-१ को सेटमा पराजित गरेको हो।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- छैटौं राष्ट्रिय महिला र पुरुष क्लब लिग भलिबलमा गण्डकी प्रदेशले ढोरपाटन स्पोर्टस क्लबलाई ३-१ को सेटमा पराजित गरेको छ। राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय भलिबल एसोसियसनको आयोजनामा आइतबारदेखि सुरु भएको छैटौं राष्ट्रिय महिला र पुरुष क्लब लिग भलिबलको पहिलो खेलमा गण्डकी प्रदेशले ढोरपाटनलाई (२५-१६, २३-२५, २५-१९, २६-२४) गर्दै ३-१ को सेटमा पराजित गरेको हो।

National life

त्रिपुरेश्‍वरको कभर्डहल भएको खेलको पहिलो दुई सेट बराबरीमा सकिएको थियो। त्यसपछि खेलमा हाबी हुँदै गण्डकीले बाँकी सेट आफ्नो पक्षमा पारेको थियो। 

त्यस्तै दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब (एनपीसी)ले गालकोट स्पोर्टस क्लब (जिएससी)लाई पराजित गर्दै विजय सुरुवात गरेको छ। एकतर्फी हाबी भएको खेलमा पुलिसले गालकोटविरुद्ध(२५-१५, २५-१७, २५-२२) गर्दै ३-० को सोझो सेटको जित निकालेको हो। राष्ट्रिय टिमका कप्तान एम बहादुर राना प्रेरित पुलिस क्लबले प्रतियोगितामा शानदार सुरुवात गर्दै तीन अंक जोडेको छ।

आजको अन्तिम तथा उद्घाटन खेल दुई विभागीय टिम त्रिभुवन आर्मी र सशस्‍त्र प्रहरी बलको एपीएफबीच भएको थियो। प्रतिस्पर्धात्मक भएको खेल आर्मीले (२५-२३, २५-१८, २५-२२) गर्दै ३-० को सोझो सेटमा जितेको छ। उत्कृष्ट प्रदर्शन गरे पनि एपीएफले अन्तिम समयमा खेलमा नियन्त्रण गुमाएपछि पराजित हुन पुगेको हो। 

राष्ट्रिय टोलीका खेलाडीहरुले भरिपूर्ण टिम आर्मीले पनि प्रतियोगितामा तीन अंक जोडेको छ। सात पुरुष र पाँच महिला टिम सम्मिलित प्रतियोगिता वैशाख २४ गते सम्म हुनेछ।

Laxmi sunrise bank
kumari


प्रकाशित: May 01, 2022| 18:38 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।